देउडा गायक गोपाल दयालको ‘धोका पाया’ बोलको गित सार्बजनिक

पवन औजी/कञ्चनपुर माघ १४ देउडा गायक गोपाल दयालको ‘धोका पाया’ बोलको गित सार्बजनिक भएको छ । उक्त गित गोपाल दयाल युटुव च्यानल फार्फत आइतबार सार्बजनिक गरिएको हो । आफ्नै शब्द रहेको उक्त गितमा शेरी औजीलो लय रहेको छ भने एरेन्ज नारायण दङ्गालले गर्नु भएको छ ।

प्रकाश नायक , आरती बुढा र कन्चन कार्कीको अभिनय रहेको उक्त गितको निर्देशन मिलन श्रेष्ठले गर्नु भएको हो । देउडा गायक गोपाल दयाल र कपुर पन्तको आवाजमा रहेको धोका पाया गितले पनि आफ्ना अरु गितहरुले जस्तै यस गितले पनि सबैको माया पाउने गायक दयालको बिश्वास रहेको छ ।

मायामा धोका पाएकाहरुलाई आधार मानेर गित लेखिएको र सुनेर प्रतिकृया दिन समेत गायक दयालले आग्रह गरेका छन । ए प्यारी कमला , मेरा बाबा , मेरि इजु , तेरा ब्याको निउतो पाया लगायतका थुप्रै गित रहेका छन ।https://www.youtube.com/watch?v=bqgCGUybPdc

ताजा समाचार