कञ्चनपुर, माघ १५ आर्थिक भावमा एमबिबिएस(डाक्टर) अध्ययनका लागि संकटमा परेका ललित सार्कीलाई सहयोग गरिने भएको छ ।
महेन्द्रनगर खुला मञ्चमा आइतबारदेखि भईरहेको तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिताबाट संकलन भएको रकम मध्ये केही रकम सार्कीको अध्ययनका लागि दिईने भएको छ ।
प्रतियोगिता अध्ययनका लागि आयोजकले शुल्क लगाएपछि त्यस विषयमा विद्यार्थी संघ संगठनहरुले शुल्क फिर्ता लिन माग अघि सारेका थिए ।
उक्त मागका विषयमा आयोजक भलिबल सघ कञ्चनपुर र विद्यार्थी संगठनविच ललित सार्कीको अध्ययनका लागि रकम दिने सहमती भएपछि निर्णय गरिएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष भुवन सिह विष्टले जिल्लाका क्रियाशिल विद्यार्थी संघ संगठनहरुसंग आयोजकले ललित सार्कीको अध्ययनका लागि केही रकम सहयोग गरिने सहमती भएको र सोही अनुरुप आयोजकले दिने बताए ।
‘हामीले विद्यार्थीका लागि निःशुल्क अवलोकन गर्ने वातावरण बनाएका छौँ, ‘उनले भने, ‘आर्थिक अभावमा संकटमा रहेका एमबिबिएस अध्ययनका लागि संकटमा रहेका विद्यार्थी ललित सार्कीलाई केही सहयोगको समेत जोहो गराएका छौँ ।’ आफ्नो अध्ययनका लागि विद्यार्थी संघ संगठनहरुले सहयोग गरेको भन्दै ललितले आभाव प्रकट गरेका छन । उनलाई विभिन्न क्षेत्रबाट आवश्यक सहयोग आईरहेको छ ।