कञ्चनपुर । कञ्चनपुरका माउन्टेन टेलिभिजनकर्मी पुष्कर भट्टलाई साइबर क्राइमको आरोपमा पक्राउ गरेको छ ।
कञ्चनपुर भिमदत्त नगरपालिका वडा न. ०४ बस्ने ४२ वर्षिय पत्रकार पुष्कर भट्टलाई कञ्चनपुर प्रहरीले आज शनिबार बिहान पक्राउ गरेको हो ।
पत्रकार भट्टलाई बिधुतीय कारोवार सम्बन्धी मुद्धाका आधारमा कञ्चनपुर जिल्ला अदालतले यही माघ २६ गतेको पक्राउ अनुमति अनुसार पत्रकार भट्टलाई समातिएको र थप अनुसन्धान भई रहेको कञ्चनपुर प्रहरीको फेस बुक पेज मार्फत जनाएको छ ।
प्रहरीले के कारणले पत्रकारलाई पक्राउ गर्यो त्यो उल्लेख नगरेको र साइबर क्राइमको आरोपमा मात्र पक्राउ परेको उल्लेख गरिएको छ।

