कृष्णपुर नगरपालिका वडा नं ४ ले यसरी मनायो जनयुद्ध दिवस

प्रकाशित मिति:

कञ्चनपुर/फागुन१ । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ४ ले २९ औँ जनयुद्ध दिवस मनाएको छ ।

कृष्णपुर नगरपालिका वडा नं ४ ले आज मंगलवार २९ औँ जनयुद्ध दिवसको अवसरमा जनप्रतिनिधि जनताहरुलाई भेलागराएर चकलेट बढ्दै जनयुद्ध दिवसको मनाएको हो ।

उक्त कार्यक्रममा कृष्णपुर नगरपालिका वाड नं ४ का वडा अध्यक्ष धर्म बहादुर सिंहले देशमा लामो युद्ध पश्चात नयाँ व्यवस्था प्राप्त गरेको जनयुद्ध दिवसलाई हामीले निस्वार्थ भावनाले मनाउनु पर्छ भनेर बताए ।

उनले,”जनयुद्ध भनेको देश परिवर्तनका लागि हाम्रा दाजुभाइ दिदीबहिनी सबैले निस्वार्थ भावनाले लडेर यो देशलाई एकात्मक राजा व्यवस्थाबाट अहिले लोकतान्त्रिक गणतन्त्र ल्याएर आम मानिसलाई स्वतन्त्रताको हक दिएको हो,त्यतिबेलाको लडाइँको युद्धमा लडेर धेरैको मृत्यु भयो,कति घाइले भए,कतिपय बेपत्ता भए यी सारा योद्धा/सपुतहरुलाई सम्झेर उहाँहरूले दिएको योगदान व्यवस्थालाई जोगाइ राख्न र अझै यो राष्ट्रलाई परिवर्तन गर्न यो दिवस लाई सम्झिनु पर्छ र जनयुद्ध दिवस मनाउनु पर्छ भनेर बताएका छन्।”

ताजा समाचार