महेन्द्रनगर । गौ,नन्दी (सामुदायिक चौपाया)को व्यवस्थापनका विषयमा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिवसंग छलफल गरिएको छ ।
शनिवार भीमदत्त नगरपालिकामा गौ नन्दी (सामुदायिक चौपाया) को व्यवस्थापनका विषयमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव हरि प्रसाद लम्साल, लगाएत कृषि निर्देशनालयका निर्देशक लागाएत संग छलफल गरिएको भीमदत्त नगरपालिकाका नगर प्रवत्ता पदमराज अवस्थीले बताए ।
‘नगरप्रमुख पदम बोगटीज्यूको अनुरोध/निर्देशनमा गौ, नन्दिको व्यवस्थापनका विषयमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, प्रदेश सरकारका प्रमुख सचिव, निर्देशनालयका निर्देशक लगाएतसंग छलफल गरिएको छ ।’ उनले भने ‘ छलफल सकारात्मक भएको छ । गौ नन्दिको समस्या समाधानका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्वता व्यत्त गर्नु भएको छ ।’
छलफलमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले सामुदायिक चौपायाको समस्या समाधानका लागि गौ नन्दिलाई उत्पादन र आर्थिक संग जोड्न जरुरी रहेको बताए । भीमदत्त नगरपालिका यो समस्या समाधानका लागि विभिन्न प्रयास गर्दै आइरहेको छ ।


