बेल्डाँडी,असर २ गते । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका वडा नं. २ मा कोल्डस्टोर शिलान्यास भएको छ ।
किसानले उत्पादन गरेका फलफूल तथा तरकारी भण्डारण गरेर बेमौसमी रूपमा बिक्री गर्न सहज होस भनेर गाउँपालिकाले वडा नं. २ मोडेल चाईल्ड बोर्डिङ्ग स्कूलस्थित कोल्डस्टोर शिलान्यास भएको छ ।
गाउँपालिकाले मूल्य अभिवृद्धि कर (भ्याट) र पीएस सहित६९ लाख, ६० एक हजार छ रुपैयाँ बीस पैसामा गणेश निर्माण सेवालाई सम्झौता गरेर उक्त कोल्ड स्टोर निर्माण गर्न लागरेको हो । छ महिनाभित्र निर्माण सम्पन्न हुने गरी कोल्डस्टोरको आईतबार शिलान्यास गरिएको हो । उक्त कोल्डस्टोरको शिलान्यास संविधान सभा सदस्य तथा विधायन मामिला समितिका सभापति देवान सिंह विष्टद्वारा शिलान्यास गरिएको हो।
शिलान्यास कार्यक्रममा बोल्दै संविधान सभा सदस्य देवान सिंह विष्टले कोल्डस्टोर निर्माण भएर सञ्चालनमा आएपछि कृषकको उत्पादन खेर नजाने र कृषकले उत्पादन भण्डारणको उचित व्यवस्थापन हुने बताए ।
त्यसै गरी बेल्डाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र रानाले किसानले उत्पादन गरेका फलफूल तथा तरकारी भण्डारण गरेर बेमौसमी रूपमा बिक्री गर्न सहज होस र किसानलाई आत्मनिर्भर गराउने उद्धेश्यले कोल्डस्टोर निर्माण गरिएको बताएका छन् ।
उक्त क्षेत्रबाट उत्पादन भएको वस्तु बिक्री वितरण गर्नको लागि कोल्डस्टोर निर्माणको लागि गाउँपालिकामा मिति २०८०/०३/१० गते बसेको १३ औं गाउँसभाको निर्णय नं. ३८ मा कोल्ड स्टोर बन्ने निर्णय गरेको थियो । कोल्डस्टोर सञ्चालनमा आउने खबरले बेल्डाँडी बासिन्दाहरू एकदम हर्षित भएका छन् ।