बेल्डाँडीमा प्रदेश सरकारको अनुदान पचाउन भाडाका भैँसी,उपाध्यक्ष नाथले घुस मागेको आरोप 

प्रकाशित मिति:

कञ्चनपुर/असर१२। दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा कृषकले प्रदेश सरकारको अनुदान पचाउन भाडाका भैँसी देखाएको खुलासा भएको छ ।

आज बुधबार  बेलडाँडी गाउँपालिका वडा नम्बर ३ कमारीका  हरिकिसन रानाले पत्रकार सम्मेलन गर्दै आफ्नो जमुना गाई भैसी कृषक समुहको लागि आएको अनुदान पचाउन उपाध्यक्ष शान्ति नाथले नक्कली भैँसी खडा गर्ने जुक्ति दिएको र  आफुले प्रदेश सरकारबाट अनुदान हालिदिएको भन्दै १६ लाख घुस मागेको आरोप लगाएका छन् ।

चालु आर्थिक बर्ष ०८०÷०८१ मा प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई भँैसी पालनमा वितरण गर्ने अनुदान पचाउन षणयंत्र भएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बेलडाँडीका १५ किसानलाई दिएको भैसी प्रर्बद्धन अनुदान कार्यक्रममा किसान समुहले नयाँ भैँसी खरिद गर्नुपर्ने भएपनि गाँउले छिमेकीका भैँसी भाडामा ल्याएर ४० लाख अनुदान रकम कुल्याउने षड्यन्त्र रहेको रहस्य खुलेको छ । 

कृषक समुहले १ राँगो सहित ३० भँैसी खरिद र गोठ सुधारमा नक्कली काम गरेको हरिकिसन रानाले स्वीकार गरेका छन्। रानाका अनुसार, उक्त समुहले नयाँ भैँसी खरिद गर्नुपर्ने भएपनि उपाध्यक्ष नाथ र आफू मिलेर नक्कली भैँसी खडा गरेर प्रदेश सरकारको अनुदान पचाउन षणयंत्र रचेको बताए ।

उनले भने, प्रदेश सरकारको अनुदान पचाउन भाडाका भैँसी ल्याए बैशाख अन्तिम सातातिर जिल्लाबाट भेटेनेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रबाट अनुगमनमा गएको सरकारी टोली पुग्नु भन्दा पहिले समुहले रातारात गाँउले छिमेकीका भैँसी भाडामा ल्याएर देखाएका थिए । प्रति भैँसी ५ सय भाडामा लिएर नक्कली भैँसी खडा गरेको थियो । सरकारी टोलीले सत्य तत्य थाहा पाए पछि अनुदानको रकम भुक्तानी नगरे  पछि अनुगमन टोलीले सबै गोठ सुधार र भैँसी खरिद गर्न निर्देशन दिएपछि समुहले बाध्य भएर भैँसी गरिद गरेको र कुल्याउने सपना पुरा नभएको बताए ।

जमुना गाईभैसी पालन कृषक समुहले नक्कली भैँसी खडा गर्ने कामदेखि घुस माग्नमा बेलडाँडीकी उपप्रमुख शान्ति नाथले जुक्ति दिएको आरोप लगाए । 

उनले भने‘मलाई उपप्रमुख नाथले नै नयाँ भैसी खरिद नगर्न सुझाव दिएको र अनुगमनका क्रममा गाँउबाट नक्कली भैँसी देखाउन भन्यो, बाँकी रकम भुक्तानीका लागि हाकिमलाई सेटिङ्ग गर्नुपर्छ भन्दै म बाट १२ लाख रुपैयाको चेक लियो, ‘उनले भने, ‘अहिले आएर म माथि चेक बाउन्सको मुद्दा दिन खोजियो ।’ उपप्रमुखकै योजना अनुरुप आफुले पनि नक्कली भैँसी खडा गरेर बाँकी प्रदेश सरकारको रकम पचाउन खोजेको उनले स्वीकार गरेका छन ।

‘मलाई १२ लाख रुपैया हाकिमलाई दिनुपर्छ भन्दै चेक मागियो, अनि आफ्ना लागि ४ लाख मागिन, तर मैले चार लाख दिएन, ‘उनले भने, ‘१२ लाखको चेक दिएपछि नक्कली भैँसी खडा गरेर भुक्तानीका लागि कार्यालय धाउदा पैशा नदिएपछि १ राँगो सहित ३० भैसी खरिद गरे, त्यसपछि भुक्तानी ग¥यो, अहिले १५वटै किसानका घरमा भैसी छन, जतिबेला जति पटक अनुगमनमा जाँदा पनि भैसी भेटिन्छन ।’ 

अहिले समुहले सबैतिर गोठ एव भैसी भएपनि उपप्रमुखले आफ्ना बिरुद्धमा प्रहरीदेखि बैंकसम्ममा षड्यन्त्र रचेर आफुलाई फसाउन खोजेको रानाको आरोप छ । 

रानाले कुन कार्यालयको हाकिमका लागि १२ लाख उपप्रमुखले मागेको आरोप खुलाउन चाहेनन् । रानाले आफ्नो निजी खाताको चेक दिएको बताउँदै उपप्रमुखले पछि ५ सक्कली भैसी खोजिदिएको उसको रकम पनि दिएको दावि गरेका छन । 

भेटेनेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख चन्द्रकान्त पन्तले पहिलो अनुगमनमा जाँदा समुहले फल्ट र अधुरो काम गरेको बताउँदै दोस्रोमा जाँदा पुरा काम गरेपछि मात्रै भुक्तानी दिएको बताए । 

समुहका सल्लाहकार रानाले उपप्रमुख शान्ति नाथलाई हाकिमका लागि १२ लाख मागेको आरोप कुन कार्यालयको कसलाई ईङगित गरेको विषयमा स्पष्ट पार्नुपर्ने भन्दै अनाहकमा कसैलाई आरोप लगाउन नहुने तर्क राखेका छन ।

उक्त भैँसी काण्ड बारे  बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथले जमुना गाईभैसी पालन कृषक समुहका सल्लाहकार हरिकिशन रानाले लगाएका सबै आरोप झुटा भएको बताएकी छिन । 

‘म माथि लगाएका नक्कली भैँसी खडा गर्नेदेखि हाकिमका लागि १२ लाख र आफ्ना लागि ४ लाख मागेको आरोप मित्था हो, यसमा म खण्डन पनि गर्न चाहन्छु, ‘उनले भनिन, ‘गोठ निर्माणका क्रममा आफन्तबाट लिएको रकम रानाले अझै फिर्ता गरेका छैनन, अनि पाँच भैसीको पनि रकम अझै दिएका छैनन, महिनौँदेखि भागेका छन, अनि ममाथि अनेकन निराधार आरोप लगाउन मात्रै जानेका छन, मलाई लगाएका आरोप मित्था छन ।

स्थानीयले उक्त घटना प्रतिनिधी मात्रै भएकाले तीनै तहका सरकारले किसानलाई दिने अनुदान यस्तै दोहन हुने गर्न खोजिने भएकाले सरकारले बर्षनी गर्ने अबौँ खर्च बालुवामा पानी हालेजस्तै भएको छ । भावि दिनमा तीनै तहका सरकारले जनतालाई दिने अनुदानमा तीनै तहका सरकारी निकायबाट क्रसचेक गर्नुपर्नेमा सुझाव दिएका छन ।

ताजा समाचार