बेलडाँडी/असर१३। बेलडाँडी गाउँपालिका भित्र सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि पालिकाले सक्रियता देखाएको छ ।
निर्वाचनका बेला जनता बीच शिक्षामा अमूल्य परिवर्तन गर्ने प्रतिवद्धता बमोजिम विद्यालयको शैक्षिक गुणस्तरका लागि अध्यक्ष हरिशचन्द्र राना अनुगमनमा निस्केका हुन।
बेलडाँडी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि शिक्षामा राम्रै व्यवस्था मिलाएको छ । सामुदायिक विद्यालयको शैक्षिक स्तर बढाउन हिजो विहान बुधवार विद्यालय अनुगमनमा निस्केका उनले २२ जना विद्यार्थीको हाजिर लगाएको र २ जना मात्र विद्यार्थी विद्यालयमा उपस्थित रहेको देखिएको छ ।
बेलडाँडी गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा गाउँपालिका प्रमुख सहितको टोली अनुगमन गएका थिए । उक्त अनुगमनका क्रममा बैजनाथ माध्यमिक विद्यालय झिलमिलामा ११२ जना अनुपस्थित जसमध्ये बालविकासमा जम्मा ३० जना, हाजिर भएको २२ जना, प्रत्यक्ष कक्षा कोठामा २ जना । यस्तै कालिका आधारभूत झिलमिलामा जम्मा ७३ विद्यार्थी ३७ जना विद्यार्थी मात्र उपस्थित । सरस्वती जनता माध्यमिक विद्यालयमा जम्मा ५२९ जना विद्यार्थी जस मध्ये ९८ जना अनुपस्थित यस्तै त्रिशुली आधारभूत विद्यालय चवन्नीमा जम्मा ८८ जना, उपस्थित ३३ जना । गणेश माध्यमिक विद्यालय भुर्षा मोहनपुरमा जम्मा २६४ विद्यार्थी मध्ये ९८ जना विद्यार्थी अनुपस्थित रहेको पालिका अध्यक्षले बताएका छन।
पालिका अध्यक्ष रानाका अनुसार कुनै विद्यालयमा २ दिन अगाडी सम्मको हाजिर लगाएको समेत भेटिएको बताउदै ती सबै विद्यालयलाई यस्तो कमजोरी आगामी दिनमा नदोहर्याउन निर्देशन दिएका छन् । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर चुस्त बनाउन अनुगमनलाई निरन्तरता दिने अध्यक्ष रानाले बताए ।
उक्त पालिकाले २०८० देखि माध्यमिक तह सम्म निःशुल्क शिक्षा कायम गर्ने नीति कार्यान्वय गरेको थियो । गाउँपालिकाले सत्र २०८० का लागि लिइएको रकम सम्बन्धित अभिभावकहरुलाई अविलम्ब फिर्ता गर्ने निर्णय भएता पनि उक्त रकम बजेटको अभावले फिर्ता नभएको र केही महिना दिन मै फिर्ता हुने अध्यक्ष रानाले बताएका छन ।