बेलडाँडी भैँसी काण्ड बारे उपाध्यक्ष नाथ भन्छिन् ः रानाले लगाएका आरोप सबै झुटा हुन

कञ्चनपुर/असार१३। बेलडाँडी गाउँपालिकामा भैँसी काण्ड बारे उपाध्यक्ष शान्ति नाथले आफुमाथि जमुना गाईभैसी पालक कृषक समुहले लगाएका सबै आरोप झुटा रहेको बताएकी छिन । 

आज बिहिबार पत्रकार सम्मेलन गर्दै  उपाध्यक्ष नाथले बेलडाँडी गाँउपालिका ३ कमरी स्थित जमुना गाईभैसी पालक कृषक समुहका हरिकिशन रानाले आफुमाथि लगाएका आरोपमा कुनै सत्यता नभएको नचाइदो आरोप लगाएरको बताएकी हुन । 

बुधबार बेलडाँडी गाउँपालिका वडा नं.३ कमरी टोलका जमुना गाईभैसी पालक कृषक समुहका सल्लाहकार रानाले पत्रकार सम्मेलन गरेर आफ्नो जमुना गाई भैसी कृषक समुहको लागि सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको ४० लाख अनुदान पचाउन उपाध्यक्ष नाथले नक्कसी भैसी खडा गर्ने जुक्ति र  हाकिमका लागि १२ लाखको चेक मागेको र आफ्ना लागि ४लाख मागेको बताएका थिए ।

 उक्त भैंसी काण्डमा उपाध्यक्ष नाथलाई आरोप लगाएपछि  उपाध्यक्ष नाथले पनि आज पत्रकार सम्मेलनमा आफू माथि लगाएको आरोप सत्य नभएको भन्दै रानालाई आफूले दाईको नाताले भैंसी किन्न र खोर बनाउनका निमित्त ऋणमा आफन्त बाट पैसा खोजी दिएको बताइन् ।

उपाध्यक्ष नाथले भनिन,” रानालाई आफूले भैंसी पालनको लागि खोर बनाउन आफन्तको नाताले समुहलाई सहयोग गरेको हो, त्यसपछि भैसी खोज्नमा पनि हामीले सहयोग गरे तर आज आएर उल्टै मेरो बारेमा झुटो बोलेर आफ्नो बदनाम गर्न खोजेको छ ।’ पाँच भैसीको रकम र आफन्त बाट १२ लाख सापटी लिएको रकम तिर्न छाडेर राना भागिरहेको बताइन् । 

ताजा समाचार