वर्ल्ड एम-एसएमई डे २०२४ को अवसरमा एनएमबि बैंक महेन्द्रनगरद्वारा आफ्ना ग्राहकलाई सम्मान

महेन्द्रनगर/असार १४ एनएमबी बैंक महेन्द्रनगरद्वारा वर्ल्ड एम-एसएमई डे २०२४ को अवसरमा एक विशेष समारोहका विच आफ्ना ग्राहकलाइ सम्मान गरेको छ। 

वर्ल्ड एम-एसएमई डे २०२४को अवसरमा यस एनएमबी बैंकले देशभरिका सुक्ष्म, साना तथा मझौला उद्यमीहरुले अर्थतन्त्रमा पुर्याएको योगदानको कदर गर्दै देशका विभिन्न ठाउँमा कार्यक्रम गरेको थियो ।

 यसै शिलशिलामा एनएमबि बैंकको महेन्द्रनगर शाखाले  एक कार्यक्रम गरी बिशेष समारोहका बिच आफ्ना कारोबार गर्ने एमएसएमई अन्तर्गत माइक्रो, साना र मध्यम आकारका उद्यमकर्जा लिएका ग्राहकहरुलाई सम्मान पत्र प्रदान गरेको हो ।

कार्यक्रममा कर्णाली तथा सुदुरपश्चिम प्रदेश प्रमुख श्याम अधिकारीले उक्त प्रमाणपत्र प्रदान गर्नुभएको थियो। बैंक र ग्राहक एक अर्काका परिपुरक रहेको उल्लेख गर्दै एमएसएमई को महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । 

एनएमबि बैैक सदैब ग्राहकको साथमा रहेको र आगामी दिनहरुमा पनि उद्यमीहरुसँग सहकार्य गर्दैे अघि बढ्ने बताउनुभयो। ग्राहकहरुका तर्फबाट कैलपाल ट्रेडिङ हाउसका प्रो. धर्म सिहँ रावल र  श्री नियू सरस्वती बिद्या मन्दिर ऐरीका प्रिन्सिपल तथा फाउन्डर अमराज भट्टले आफुहरुले एनएमबी बैंकसँग कारोबार गर्न पाउदा सन्तुष्ट रहेको र लामो अवधीदेखी सेवा लिईरहेको जानकारीका साथै आगामी दिनहरुमा पनि कार्यक्रमहरु गर्दै जाँदा  ग्राहकहरु र बैक बिच सुमधुर सम्बन्ध रहने जानकारी दिनुभयो ।

ताजा समाचार