एसइई परीक्षा ०८० ः कृष्णपुरको माउण्टअपी स्कुलका छात्राद्वय कुँवर र राना उत्कृष्ट


कञ्चनपुर, असार १४
कञ्चनपुरको कृष्णपुर नगरपालिकाको एक संस्थागत(निजी बोडिङ्ग) स्कुलका छात्रा विद्यार्थीले उत्कृष्ट ग्रेट ल्याएका छन । कृष्णपुर नगरपालिका ३ देखतूभलीमा रहेको माउण्टअपी स्कुलका छात्राद्वय सुस्मिता कुँवर र सपना रानाले उत्कृष्ट ग्रेट ल्याएका हुन । राष्ट्रिय परीक्षा बोर्डले ०८०चैत्रमा सचालन गरेको माध्यामिक शिक्षा परीक्षा(एसइई)मा माउण्ट अपि बोडिङ्ग स्कुलबाट सहभागि छात्राद्वय राना र कुँवरले उत्कृष्ट ग्रेट ल्याएको विद्यालयले जनाएको छ ।
माउण्टअपि बोडिङ्ग स्कुलका म्यानेजिङ्ग डाईरेक्टर शान्ति सिह(चन्द)ले छात्राद्वय रानाले ३.०९ र कुँवरले ३.०४ग्रेट ल्याएको बताईन । महिला नै म्यानेजिङ्ग डाईरेक्टर रहेको उक्त विद्यालयमा छात्रा विद्यार्थीले राम्रो स्थान ल्याएका छन ।


माउण्टअपि बोडिङ्ग स्कुलबाट राम्रो ग्रेट ल्याएर उर्तिण भएका छात्राद्वय कुँवर रानाले उच्च शिक्षामा थप मेहनत गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
माउण्टअपि बोडिङ्ग स्कुलका प्रिन्सिपल झेली रानाले छात्र भन्दा छात्राले निकै मेहनत गर्दा छात्रा विद्यार्थी नै उत्कृष्ट स्थानमा आएको भनाई छ । माउण्ट अपि बोडिङ्ग स्कुलका संचालक एव अध्यक्ष मिन बहादुर सिहले अभिभावक, शिक्षक, विद्यालय प्रशासन विद्यार्थीको संयुक्त मेहनतले छात्रा विद्यार्थीले राम्रो ग्रेट ल्याएको बताए । ग्रामिण भेगको उक्त विद्यालयले पछिल्ला दिनहरुमा शैक्षिक स्तर बृद्धि गर्दै गईरहेको स्थानीय अभिभावकको भनाई छ ।

ताजा समाचार