भीमदत्त नगरमा यसरी मनाईयो संविधान दिवस(फोटोमा हेर्नुहोस्)

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । बिहीबार बिहान महेन्द्रनगर बजारमा प्रभातफेरी, सरसफाई, वृक्षरोपण लगाएतका कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको हो । संविधान दिवस आयोजनाका लागि जिल्लामा मूल समारोह समिति बनेको थियो ।

उक्त समितिको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहोरा, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, जिल्ला समन्वय समितिका उपप्रमुख, भीमदत्त नगरपालिकाका उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, खेलाडी, विद्यार्थी, पत्रकार लगाएत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

भीमदत्त नगरपालिकाले हिजो (बुधवार) संविधान दिवसको पूर्वसन्ध्यामा महेन्द्रनगर बजारमा जथाभावी फोहोर नफाल्न र सरसफाईमा ध्यान दिन संदेश दिनका लागि वृहत सरसफाई गरेको थियो । आज(विहिवार) विहान मुल समितिको आयोजनामा प्रभातफेरी, भीमदत्त नगरपालिका–१८ स्थित ईको पार्कमा एनएनएसडब्लुए, डिसिएसंगको सहकार्य तथा वडा कार्यालयको सहयोगमा वृहत वृक्षारोपण गरी संविधान दिवस मनाइएको भीमदत्त नगरपालिकाका नगरप्रमुख बोगटीले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख बोहोराका अनुसार आज साझ दिप प्रज्वलन र भोली महाकाली प्रादेशिक अस्पतालमा उपचारत विरामीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम रहेको छ ।

फोटोहरु हेर्नुहोस्

oplus_2
oplus_2
oplus_2

ताजा समाचार