भीमदत्त नगरमा करम पुजाको रौनक(भिडियो)

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उराँव समुदायमा यतिबेला करम पुजाको रौनक छ । नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान कञ्चनपुरले भीमदत्त नगरपालिका–१८ को आर्थिक सहयोगमा विशेष कार्यक्रमको आयोजना गरी आज(विहिवार) वार्षिक करम पुजा मनाएको छ ।

करम पुजा उराँव समूदायको ठुलो र महत्वपूर्ण चाड हो । भाद्र पुर्णिमाको दिन सामुहिक जमरा राखेर नाँचगान सहित पर्व मनाउन सुरु गरिन्छ । घरघरमा गएर जातिय भेषभुषा सहितको नृत्यका साथै सामुहिक जमरा राखिएको स्थानमा पुजाआजा गरी बाजागाजा सहित नृत्य गर्ने गरिन्छ ।

करम पूजा गर्नाले चिताएको पुग्ने, परिवारमा शुख शान्ति मिल्ने, श्रीवृद्धि र अकाल मृत्यु टर्छ भन्ने जनविश्वास रहेको नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान कञ्चनपुरका अध्यक्ष अनिल कुमार उराँवले बताए । विहिवार भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको प्रमुख आथित्यतामा वार्षिक करम पुजा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नगरप्रमुख बोगटीले उराँव जातीको कला संस्कृति संरक्षण, जगेर्ना र यो समुदायको जीवनस्तर उकास्नका निम्ति विभिन्न कार्यक्रम संञ्चालन भएका र थप कार्यक्रम ल्याउने बताए ।

‘हामीले हाम्रो कला संस्कृति जगेर्नाका क्षेत्रमा काम गर्नु अहिलेको आवश्यकता हो । पछिल्लो समय आफ्नो कला संस्कृति बिर्सदैँ गएको हाम्रो समाजमा उराँव समुदायले आफ्नो संस्कृति जगेर्ना गर्ने उद्देश्यले प्रत्येक वर्ष करम पुजा लगाएतका आफ्ना संस्कृति मनाउदैँ आएको छ ।’ उनले भने ‘यसबाट नयाँ पुस्ताले आफ्नो कला संस्कृति सिक्ने, बुझने अवसर प्राप्त गर्छन् ।’ उनले अगाडी भने ‘उराँव समुदायको कला संस्कृति जगेर्ना, संरक्षण तथा विकासका लागि नगरपालिकाबाट थप आवश्यक सहयोग गर्नेछौँ ।’

कार्यक्रममा शुभकामना व्यक्त गर्दै भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखकले नगरपालिकाले दलित, जनजाती, पिछडिएका, एकल महिला तथा समुदायका व्यक्तिहरुको आर्थिक अवस्था सुधारका लागि विभिन्न सीपमुलक कार्यक्रमको आयोजना गर्दै आएको बताउदैँ उराँव समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउन थप विभिन्न सीममुलक कार्यक्रम गर्ने बताइन् ।

कार्यक्रममा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटाले उराँव समुदायको कला संस्कृति जगेर्ना तथा उनिहरुको आर्थिक, सामाजिक विकासमा समेत ध्यान दिनुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख, वडासदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगाएत स्थानियहरुको उपस्थिति रहेको थियो ।

oplus_0
oplus_2
oplus_34

ताजा समाचार