एनएमबी बैंकद्वारा वृद्वाआश्रमलाई वासिङ मेसिन सहयोग

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका-०८ स्थित वृद्वाआश्रमलाई वासिङ मेसिन लगाएतका सामाग्री सहयोग गरिएको छ ।

एनएमबी बैंक लिमिटेड दैजी शाखाले शुक्रवार एक कार्यक्रमका बिच बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रलाई वासिङ मेसिन सहयोग गरेको हो ।

वृद्वाआश्रममा रहेका वृद्ववृद्वाहरुका लुगा, कपडा सफा गर्न सहज होस भन्ने उदेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत वासिङ मेसिन सहयोग गरिएको एनएमबी बैंक दैजी शाखाका प्रबन्धक चेतन प्रसाद जोशीले बताए ।

एनएमबी बैंक लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख श्याम अधिकारी, बरिष्ठ एरिया म्यानेजर सुशील बहादुर सिंह, महेन्द्रनगर शाखा प्रबन्धक खेम राज उपाध्याय लगायत दैजी शाखामा कार्यरत कर्मचारीहरूको उपस्थितिमा उक्त सामाग्री सहयोग गरिएको थियो । एनएमबी बैंकले निरन्तरता यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

ताजा समाचार