जनशक्तिलाई रोजगारसंग जोड्न भीमदत्त नगरमा श्रम डेक्स सञ्चालन तथा टिभिइटी निति निर्माणको तयारी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले जनशक्तिलाई रोजगारसंग जोड्न नगरमा(प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम) टिभिइटी निति निर्माण गर्ने तयारी गरेको छ ।

नगरपालिकाले सोमवार सरोकारवालाहरुसंग प्राविधिक शिक्षा तथा व्यवसायिक कार्यक्रमका लागि श्रम डेक्स संञ्चालन कार्याविधि प्रवोधिकरण तथा टिइभिटि निति निर्माण सम्बन्धि छलफल गरेको छ ।

नगरमा उत्पादित जनशक्ति तथा बेरोजगारीको समस्या न्यूनिकरण गर्ने उद्देश्यले रोजगार सेवा केन्द्र अन्तर्गत श्रम डेक्स संञ्चालन तथा दक्ष जनशक्ति उत्पादन र रोजगारसंग जोड्न नगरपालिकाकाले टिइभिटि निति समेत निर्माण गर्ने तयारी गरिरहेको नगरप्रमुख पदम बोगटीले बताए ।

उनकाअनुसार श्रम डेक्सले नगरमा रहेका श्रमिकहरुको विवरण संकलन गरी श्रम व्यवस्थापन गर्न रोजगारदाताहरुको समेत तथ्याङक संकलन गरी श्रमिक र रोजगारदाताका विच पुलको काम गर्नेछ ।

‘नगरमा रहेका श्रमिकहरुको तथ्याङक र रोजगारदाता तथा श्रम बजारमा कस्तो श्रमिकको आवश्यकता छ ? सो कुराको समेत श्रम डेक्सले तथ्याङक अध्यावधिक गर्दै जान्छ ।’ उनले भने ‘श्रमिक बारे रोजगारदाता र श्रम बजारको मागलाई श्रमिकसम्म पु¥याउन श्रम डेक्सले काम गर्नेछ ।’

नगर उपप्रमुख निलम लेखक जोशीले नगरपालिकाले बेरोजगारीको समस्या र श्रम बजारको मागलाई सम्बोधन गर्न श्रम डेक्स संञ्चालन कार्यविधि कार्यान्वयन तथा टिइभिटि निति निर्माण गर्ने तयारी भइरहेको बताइन् ।

ताजा समाचार