हाम्रा कला संस्कृति नै हाम्रो पहिचान हो: नगर प्रमुख बोगटी

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले आफ्ना कला संस्कृति जगेर्ना गर्न सबैले आ-आफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताए ।

बुधबार भीमदत्त नगरपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाती महासंघ भीमदत्त नगर समन्वय परिषद् कञ्चनपुरले आयोजना गरेको माघ मिलन तथा लाव वर्ष २६४८ को शुभकामना आदानप्रदान तथा माघ उत्सव कार्यक्रममा नगर प्रमुख बोगटीले कला संस्कृति नै हाम्रो पहिचान भएकोले कला संस्कृत जगेर्ना गर्न सबैले लाग्नु पर्ने बताएका हुन् ।

‘हाम्रो पहिचान नै हाम्रो कला संस्कृति हो ।’ उनले भने ‘त्यसैले हाम्रा कला संस्कृति जगेर्ना गर्न तर्फ सबैले आ-आफ्नो क्षेत्रबाट लाग्न जरुरी छ ।’

यस्तै उनले यस्ता सांस्कृतिक कार्यक्रमले हाम्रो कला संस्कृति, हाम्रा खाना, परिकारको संरक्षण प्रवर्द्वन हुने बताए । आदिवासी जनजाती र हाम्रा कला संस्कृतिको संरक्षण प्रवर्द्वनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्वता समेत नगरप्रमुख बोगटीले व्यक्त गरे ।

यस्तै उनले भीमदत्त नगरमा भलमन्सा एवम् बडघर ऐन समेत लागू गर्ने प्रतिवद्वता व्यक्त गरे ।

नगर प्रमुख बोगटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

oplus_34

ताजा समाचार