भीमदत्त नगरले जित्यो पालिका स्तरीय भीमदत्त कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पालिका स्तरीय चौँथो भीमदत्त कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता–२०८१ को उपाधी हात पारेको छ ।

भीमदत्त नगरपालिकाको सहयोग तथा जिल्ला क्रिकेट संघ कञ्चनपुरद्धारा आयोजित पालिका स्तरीय भीमदत्त कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको आइतवार भएको फाइनल खेलमा बेदकोट नगरपालिकालाई हराउदैँ भीमदत्त नगरले उपाधी हात पारेको हो । टच जितेर पहिला ब्याटिङ गरेको भीमदत्त नगरपालिकाले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा बेदकोट नगरपालिकालाई १ सय ९५ रनको विशाल लक्ष्य दिएको थिए ।

भीमदत्त नगरका लागि प्रकाश पाण्डेयले सर्वाधिक ३४ बलमा ६४ रन बनाए । यस्तै राहुल चन्दले ४२ बलमा ५० रन, किरण ठगुन्नाले नटआउट १३ बलमा २८ रन, सुशिल खड्काले १३ बलमा १९ रन, प्रकाश थापाले १४ बलमा १२ रनको योगदान गरे ।

बेदकोट नगरपालिकाका लागि विवेक बोहराले ४ ओभर बलिङ गर्दै २८ रन खर्चेर ३ विकेट, निसान्त पण्डितले ४२ रन खर्चेर १ विकेट लिए । अन्य बलरले विकेट लिन सकेन्न । त्यसपछि जवाफी व्याटिङ लागि मैदानमा उत्रेको बेदकोट नगरपालिकाले पुरै २० ओभरको सामना गर्दै ८ विकेटको क्षतिमा जम्मा १ सय ५६ रन मात्र जोड्न सक्यो ।

बेदकोटका लागि सागर रावलले १६ बलमा ३० रन, दिपक बोहोराले २८ बलमा २६ रन, आयुष बोहोराले नटआउट १० बलमा २१ रन, कृष्ण विष्टले १७ बलमा २० रन, अंकुश ओखेडाले १४ बलमा १४ रन र विशाल बोहोराले ११ बलमा १० रन बनाए । अन्य ब्याट्म्यानले दोहोरो अंक जोड्न सकेनन् ।

भीमदत्त नगरका लागि समिर विष्टले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट, क्याप्टेन प्रकाश थापाले २८ रन खर्चेर २ विकेट र विकाश आग्री, किरण चन्द, रवि दमाईले समान १–१ विकेट लिए । प्रतियोगिताको विजयी भीमदत्त नगरले १ लाख ११ हजार १ सय ११ नगद पुरस्कार सहित मेडल, ट्रफी, प्रमाण पत्र प्राप्त परेको छ ।

यस्तै उपविजेता बेदकोट नगरपालिकाले ५५ हजार ५ सय नगद सहित मेडल, ट्रफी, प्रमाण पत्र प्राप्त परेको छ । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशी, सभापती एवम् जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष विरेन्द्र बहादुर चन्द, उद्योगी व्यापारी तेज बहादुर चन्द लगाएतले पुरस्कार वितरण गरेका थिए ।

समापन कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख जोशीले कञ्चनपुर क्रिकेटका लागि उर्वर भूमि भएको भन्दै यहाँका खेलकुद र खेलाडीहरुको विकासका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, खेलाडी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

Advertisementspot_img

ताजा समाचार