एलबिए टि–ट्वान्टी क्रिकेट कपको उपाधीका लागि १६ विद्यालयबिच प्रतिस्प्रर्धा हुने

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरस्थित कबड हलमा भोली (बुधवार) देखी एलबिए टि–ट्वान्टी क्रिकेट प्रतियोगिता संञ्चालन हुने भएको छ ।

कञ्चनपुर जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा लिटिल बुद्ध एकेडेमी स्कुलले उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो । मंगलवार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको ट्रफी समेत अनावरण गरिएको छ ।

उक्त एलबिए टि–ट्वान्टी क्रिकेट कपमा १६ वटा विद्यालय बिच प्रतिस्प्रर्धा हुने भएको छ । प्रतियोगितामा कैलाली र कञ्चनपुरका १६ वटा विद्यालयका टिम बिच प्रतिस्प्रर्धा हुने लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिंह मौनीले बताए ।

‘पछिल्लो समय नेपालमा क्रिकेटको तिव्र विकास भइरहेको छ । सोही कुरालाई मध्यनजर गर्दै विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत यहाँको क्रिकेट र खेलाडीको विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिन लागिएको हो ।’ उनले भने ‘भोलि देखी शुरु हुने यो प्रतियोगितामा कैलाली र कञ्चनपुरका गरी जम्मा १६ वटा विद्यालयका टिम सहभागी हुने छन् ।’

उनका अनुसार प्रतियोगितामा विजयी हुने टिमले १ लाख १५ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल, प्रमाण पत्र र उपविजेता टिमले ६० हजार नगद सहित ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्नेछन् ।

यस्तै वेस्ट बलर,ब्याट्स्म्यान, प्लेर अफ म्याच, प्लेर अफ द टुर्नामेन्ट लगाएतलाई समेत विभिन्न पुरस्कार प्रदान गरिने बताइएको छ । उक्त प्रतियोगिता भोली (बुधवार) माघ ३० देखी फागुन १५ गतेसम्म संञ्चालन हुनेछ ।

लिटिल बुद्ध एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथैँ विभिन्न अतिरित्त क्रियाकलापमा समेत विद्यार्थीहरुलाई समावेश गर्दै आइरहेको छ ।

ताजा समाचार