महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ११५औं अन्तराष्ट्रिय नारी दिवस विविध सचेतनामूलक कार्यक्रमहरू सहित भव्य रूपमा मनाएको छ । लैङ्गिक हिंसा, लागू औषध दुव्र्यसन, महिला सशक्तिकरण लगायतका विषयमा जनचेतना फैलाउने उद्देश्यले नगरपालिकाले विभिन्न सांस्कृतिक तथा सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा स्थानीय समुदाय, विद्यार्थी, अधिकारकर्मी, तथा सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवम् प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । सांस्कृतिक कार्यक्रममार्फत महिलाहरूको अधिकार, सशक्तिकरण र आत्मनिर्भरताको सन्देश प्रवाह गरिएको थियो ।
कार्यक्रममा समाजमा हुने लैङ्गीक हिंसा, लागु औषध दुव्र्यसनीका असर, कानुनी सजाय लगाएत विषयमा सचेतनामुलक सडक नाटक समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतीले कार्यक्रममा बोल्दै महिला हिंसा अन्त्य सबै एकजुट हुनुपर्ने बताइन् ।
कार्यक्रमका सभाध्यक्ष एवम् भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशीले महिलाका समग्र समस्या समाधानका लागि सबै एकजुट भएर लाग्नुपर्ने भन्दै नगरपालिकाले आगामी दिनहरूमा महिलाहरूको सशक्तिकरणका लागि थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यस्तै उनले महिलाका समस्या समाधानका विषयमा नारी दिवसको दिन मात्रै नभएर सधै बहस एवम् एक जुट भएर लाग्नुपर्ने बताइन् ।
कार्यक्रममा अन्य वक्ताहरुले महिला हिंसा न्यूनीकरण, लागू औषध दुव्र्यसनको असर तथा लैङ्गिक समानताको आवश्यकताका विषयमा स्थानीय कलाकारहरूद्वारा प्रस्तुत नृत्य, नाटक तथा गीत–संगीतले समाजमा सकारात्मक सन्देश पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहोरा, उपप्रमुख रामकुमारी राना, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, वडाध्यक्षहरु, सुरक्षा निकायका प्रमुख लगाएतको उपस्थिति रहेको थियो ।


























