भीमदत्त नगरपालिकाद्वारा विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई लक्षित गर्दै आवश्यक शैक्षिक सामग्री वितरण गरेको छ ।

मंगलवार गरिव बिपन्न परिवारका जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरिएको हो । नगरका सबै वडामा रहेका सरकारी विद्यालयहरूमार्फत आएको आवेदनका आधरमा विद्यार्थीहरूलाई झोला, कापी, कलम, पेन्सिल, जस्ता शैक्षिक सामग्री प्रदान गरिएको हो ।

भीमदत्त नगरपालिकाका नगर उप-प्रमुख नीलम लेखक जोशीले विद्यार्थीहरुलाई सामाग्री हस्तान्तरण गर्दै शिक्षा सबैका लागि सर्वसुलभ र गुणस्तरीय हुनुपर्छ भन्ने दृष्टिकोणसहित यस्तो कार्यक्रम अघि बढाइएको बताइन ।

‘हामी शिक्षा प्रणालीलाई सबै वर्गका बालबालिकाका लागि पहुँचयोग्य बनाउन चाहन्छौं । विपन्नता कारण कोही पनि बच्चा विद्यालय जानबाट बञ्चित नहोस् भन्ने हाम्रो प्रयास हो ।’ उनले भनिन ।

नगर उपप्रमुख जोशीले आर्थिक अभावका कारण पढाईमा कुनै समस्या आए सक्दो सहयोग गर्न आफू तयार रहेको प्रतिवद्वता व्यक्त गरिन ।

नगरपालिकाले यसअघि पनि छात्रवृत्ति, पोशाक वितरण, भौतिक संरचना निर्माण तथा शिक्षण गुणस्तर सुधारजस्ता विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

विद्यालयका शिक्षकहरूले पनि नगरपालिकाको यस्तो प्रयासले विद्यार्थीहरूको मनोबल बढ्ने, नियमित उपस्थितिमा सुधार आउने र सिकाइ प्रभावकारिता बढ्ने विश्वास व्यक्त गरेका छन् ।

आगामी दिनहरूमा अझ बढी विद्यार्थीलाई लक्षित गर्दै शिक्षासम्बन्धी यस्ता कार्यक्रम विस्तार गरिने नगरपालिकाले जनाएको छ ।

ताजा समाचार