महेन्द्रनगरमा नेपाल जेसिज क्षेत्र ‘घ’ सम्मेलन हुने, तयारी तिव्र

महेन्द्रनगर  — महेन्द्रनगर जेसिजको आतिथ्यमा नेपाल जेसिज क्षेत्र ‘घ’ अन्तर्गतको क्षेत्रीय सम्मेलन महेन्द्रनगरमा हुने भएको छ । २०८२  असोज ३ र ४ गते हुने सम्मेलनको तयारी तिव्र रुपमा चलिरहेको बताइएको छ ।

  सम्मेलनमा क्षेत्र ‘घ’ अन्तर्गतका करिब ७ सय युवा जेसिज सदस्यहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

शनिवार सम्पन्न बोर्ड वैठकले सम्मेलनको निर्देशकको जिम्मेवारी महेन्द्रनगर जेसिजका पूर्व अध्यक्ष जेसि कृष्ण प्रसाद पाठकलाई दिएको छ ।

नेतृत्व र अनुभवका आधारमा पाठकले सम्मेलनलाई प्रभावकारी बनाउने विश्वास लिइएको छ ।

महेन्द्रनगर जेसिजका पूर्व अध्यक्ष तथा नेपाल जेसिजका राष्ट्रिय सल्लाहकार जेसि पवन चन्द्र लेखकले सम्मेलनले क्षेत्रीय समन्वय, युवा क्षमताविकास र जेसिज अभियानलाई अझ सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

“महेन्द्रनगरजस्तो सक्रिय शाखाको आयोजना र नेतृत्वमा सम्मेलन हुनु आफैँमा उल्लेखनीय छ ।” उनले भने “यसले युवा सदस्यहरूलाई एकताको सन्देश दिनेछ ।”

कार्यक्रमले यहाँको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

ताजा समाचार