काठमाण्डौ – महिला सशक्तिकरणको मुख्य उदेश्य सहित छोरी उदय र स्किल स्पार्कको संयुक्त आयोजनामा “An Educated Women, A Transformed Nation” बिषयक राष्ट्रिय स्तरको भिडियो प्रतियोगिता “SkillSpark Championship -2025” संचालन भएको छ। उक्त प्रतियोगितामा देशका सातै प्रदेशबाट ३० बर्ष मुनिका ३२४ जना युवाहरूले अनलाइन फारम मार्फत सहभागिता दर्ता गराएको कार्यक्रम निर्देशक भास्कर पन्तले जानकारी दिए। यो प्रतियोगिताले रचनात्मकता, नवीनता र शिक्षित नारीको शक्तिलाई प्रस्फुटन गर्ने उदेष्य राखेको उनको भनाइ छ। उनले भने “यो च्याम्पियनशिप केवल एक प्रतियोगिता मात्र होइन, शिक्षित महिलाहरूले राष्ट्रको सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा पुर्याएको र पुर्याउन सक्ने योगदानलाई उजागर गर्ने एक शक्तिशाली मञ्च हो।”
प्रतियोगितामा सहभागी भएकाहरुले यहि श्रावणको २० गते भित्र आयोजकलाई skillsparkchampion@gmail.com इमेल मार्फत भिडियो पठाई सक्नुपर्ने कार्यक्रम प्रवन्धक प्रेक्षा केसीले जानकारी दिइन। पठाएको भिडियोलाई आयोजकले प्रतियोगिताको अधिकारीका सामाजिक ह्यान्डलहरुबाट प्रकाशित गर्ने र ५ जनाको निर्णायक मण्डलले भिडियोको मुल्यांकन गरि प्रत्येक प्रदेशबाट २-२ गरि उत्कृस्ट १४ चयन उनले बताइन।
आउदो भाद्र २८ गते काठमाण्डौमा छोरी उदय फोरम सम्पन्न हुनेछ जसमा उत्कृस्ट १४ भिडियोहरु को प्रस्तुति, सरोकारवालाहरुको प्यानल छलफल, लगायतका कार्यक्रमहरु जसले महिला शिक्षालाई प्रोत्साहन गर्दै लैङ्गिक समानता र सशक्तीकरणको सन्देशलाई देशभर फैलाउने लक्ष्य राखेको आयोजकको भनाइ छ।