काठमाण्डौ – महिला सशक्तिकरणको मुख्य उदेश्य सहित छोरी उदय र स्किल स्पार्कको संयुक्त आयोजनामा संचालन भएको “An Educated Women, A Transformed Nation” बिषयक राष्ट्रिय स्तरको भिडियो प्रतियोगिता “SkillSpark Championship -2025” का लागि पाँच जनाको निर्णायक मण्डल गठन भएको छ ।
निर्णायकहरुमा लियो बहुजिल्ला परिषद ३२५ बर्ष २०२४/२५ अध्यक्ष अस्मिता लामिछाने, मोटिभेसनल स्पिकर तथा टेलिभिजन प्रस्तोता संगम महत, जेसिस नेपाल राष्ट्रिय अध्यक्ष रजनी थापा, चलचित्र निर्देशक शंकर कार्की र कम्प्युटर एसोसिएसन नेपाल महासंघ उपाध्यक्ष सिर्जना श्रेष्ठ रहेको स्कील स्पार्क कि प्रवन्ध निर्देशक सिर्जना झा ले जानकारी दिएकी छन्।





आयोजकका अनुसार निर्णायकहरुले देशैभरि बाट सहभागीहरुले पठाएको भिडियोहरुको मुल्यांकन गरि प्रत्येक प्रदेशबाट उत्कृस्ट २-२ जना गरि जम्मा १४ जना छनौट गर्नेछन। भिडियो मूल्यांकनको मापदण्ड ४ वटा बुदामा रहने जसमा ५० प्रतिशत प्रतियोगिताको बिषयबस्तुसंग मिलेको, ३० प्रतिशत प्रकाशित गरिएको भिडियोले सामाजिक सञ्जालहरुमा पाएको पहुँच, १० प्रतिशत रचनात्मकता र १० प्रतिशत भिडियोको क्वालिटी रहने छ।
उक्त प्रतियोगिताका लागि देशैभरि बाट ३२४ जनाले फारम भरेका छन् भने सहभागी भएकाहरुले यहि श्रावणको २० गते भित्र आयोजकलाई skillsparkchampion@gmail.com इमेल मार्फत भिडियो पठाई सक्नुपर्नेछ।
आउदो भाद्र २८ गते काठमाण्डौमा छोरी उदय फोरम सम्पन्न हुनेछ जसमा उत्कृस्ट १४ भिडियोहरु को प्रस्तुति, सरोकारवालाहरुको प्यानल छलफल, लगायतका कार्यक्रमहरु जसले महिला शिक्षालाई प्रोत्साहन गर्दै लैङ्गिक समानता र सशक्तीकरणको सन्देशलाई देशभर फैलाउने लक्ष्य राखेको आयोजकको जनाएको छ।