पूर्वमन्त्री साउदले गरे विद्यालय भवनको शिलान्यास

प्रकाशित मिति:

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका – ०७ गाउजी स्थित जनता माध्यमीक विद्यालयको भवन शिलान्यास गरिएको छ ।

विहिवार पूर्वमन्त्री एनपी साउदले विद्यालयको पक्की भवनको शिलान्यास गरेका हुन् ।

पूर्वमन्त्री साउदले शिक्षा क्षेत्रमा गरिएको लगानीले समृद्ध समाज निर्माणमा टेवा पु¥याउने बताए ।

उनले विद्यालयको पूर्वाधार विकासका लागि आफू सधैं सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाए ।

उक्त शिलान्यास कार्यक्रममा बेदकोट नगरपालिकाका नगरप्रमुख, उपप्रमुख वडाध्यक्ष लगाएतका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्थानिय लगाएतको उपस्थिति रहेको थियो ।

ताजा समाचार