महेन्द्रनगर । भीमदत्त नगरपालिका–११ की दुई बालिका महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।
प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, बेपत्ता हुनेमा अन्दाजी ७ वर्षीया जिविका पन्त र ६ वर्षीया सान्वी पन्त रहेका छन् ।
आइतबार दिउँसो महाकाली किनारमा नुहाउन गएका चार जना बालबालिका मध्ये दुई बालिका बेपत्ता भएको र उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।
हाल ससस्त्र प्रहरी, नेपाल प्रहारी, स्थानीय जनप्रतिनिधि लगाएत स्थानियहरु खोजी गरिरहेका छन् ।