उपेश सिंह धामी
महेन्द्रनगर – तीजको पावन अवसरमा भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले महिला कर्मचारी र जनप्रतिनिधिलाई पोते माला उपहार दिएकी छन् ।
नगरपालिकामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले महिलाको आत्मबल, एकता र सांस्कृतिक पहिचानलाई सम्मान गर्दै पोते माला प्रदान गरेकी हुन् ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै उपप्रमुख लेखकले महिलाको भूमिकालाई अझ सशक्त बनाउन यस्ता अवसरहरूले उत्साह र प्रेरणा जगाउने बताइन् ।
तीजको उल्लासमय माहोलमा महिला कर्मचारी र जनप्रतिनिधिहरूले एकआपसमा शुभकामना आदानप्रदान गर्दै सांस्कृतिक परम्पराको संरक्षण र सशक्तिकरणको सन्देश दिएको कार्यक्रमका सहभागीहरूले बताएका छन् ।