वृद्वाअश्रममा आश्रित वृद्ववृद्वाहरु संग मनाए पवनले आफ्नो जन्मदिन

प्रकाशित मिति:

महेन्द्रनगर । भीमदत्त नगरपालिका–०६ निवासी पवन सिंह भाटले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोडेर उदाहरण प्रस्तुत गरेका छन् ।

उनले जन्मदिनको अवसरमा श्री बैजनाथ धाम तथा वृद्धाश्रम सेवा समिति, रौटेलामा आश्रित वृद्धवृद्धाहरूसँग भेटघाट गर्दै फलफूल र जुस वितरण गरेका छन् ।

“आजकल जन्मदिन होटेल र पार्टी प्यालेसमा धुमधामका साथ खर्चिलो तरिकाले मनाउने परम्परा बढ्दै गएको छ ।” भाटले भने “अनावश्यक खर्च गर्नुभन्दा केही अर्थपूर्ण कार्य गर्नुपर्छ भन्ने लागेर वृद्धाश्रममा आएर उहाँहरूसँग जन्मदिन मनाउँदा मनमा छुट्टै खुशी र सन्तोष प्राप्त भयो ।”

सामाजिक सेवामा निरन्तर सक्रिय रहेका भाट विश्वकै ठूलो सामाजिक संस्था लियो क्लबसँग समेत आवद्ध छन् ।

उनी निरन्तर विभिन्न परोपकारी तथा सहयोगमूलक अभियानमा संलग्न हुँदै आएका छन् ।

भाटले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिँदै समाजमा सकारात्मक सन्देश फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताजा समाचार