एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवान चन्द

प्रकाशित मिति:

महेन्द्रनगर । एलपी ग्यास उद्योग संघको ३०औँ वार्षिक साधारण सभा तथा १२औँ अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले दिवान चन्दलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ १३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सुरेन्द्रराज पौडेल, उपाध्यक्षमा धर्मराज बर्तौला र आशीष अग्रवाल चयन भएका छन् ।

महासचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा आयुष नेपाल र सचिवमा सुदिप घिमिरे निर्वाचित भएका छन् । त्यस्तै साधारण सदस्यका रूपमा सुनिल सिन्हा, लोकहर्ष शाक्य, विमल कालाखेती, राजेन्द्र प्रसाद दंगाल, विमला सुवेदी ढुंगाना र मनीष कुमार जोशी चयन भएका छन् ।

नयाँ कार्यसमितिले आगामी कार्यकालमा उद्योगको सुदृढीकरण, सेवा विस्तार र बजार व्यवस्थापनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ ।

ताजा समाचार