महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–१० स्थित महाकाली सिचाँई आयोजनाको नहरमा हाम फालेर बेपत्ता भएका युवक अझै फेला परेका छैनन् ।
मंगलबार दिउँसो वेदकोट नगरपालिका–१० का २० वर्षीय बलभद्र रानाले बल्मा नदी नजिकै रहेको सिचाँई नहरको साईपनबाट हाम फालेर बेपत्ता भएको कञ्चनपुर प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सागर बोहोराले बताए ।
उनका अनुसार घटनाको जानकारी पाए लगत्तै खोजी कार्य थालिएकोमा नभेटिएपछि आज (मंगलवार) का लागि खोजी कार्य स्थागित गरिएको छ । ‘ ५/६ किलोमिटर को दुरीसम्म खोजी गर्दा समेत फेला पर्नुभएको छैन ।’ डिएसपी थापाले भने ‘आज रात परिसकेकोले खोजी कायए स्थगित गरिएको छ । भोली पुनः खोजी कार्य शुरु हुन्छ ।’
मानसिक समस्याका कारण निममित परिवारको निगरानीमा रहेका रानाले परिवार छलेर नहरमा हाम फालेको बताइएको छ । घटना लगत्तै डिएसपी बोहराको कमाण्डमा १२ जनाको टोलीले खोजी कार्यमा खटेको थियो ।
त्यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरबाट प्रहरी नायब निरीक्षक ललित सिंह बिष्टको नेतृत्वमा थप ६ जनाको प्रहरी टोली परिचालन समेत भएको प्रहरीले जनाएको छ ।


