भीमदत्त नगर–१७ मा सडक सुरक्षा ऐना जडान

प्रकाशित मिति:

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१७ ले वडाभित्रका विभिन्न सडकमा सडक सुरक्षा ऐना (Convex Mirror) जडान गरेको छ । विशेषगरी मोड, घुम्ती र दुर्घटना हुने सम्भावना बढी हुने स्थानमा ऐना जडान गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष पदम बुडाका अनुसार, ऐना जडानले सडक दुर्घटना न्यूनीकरणमा ठूलो सहयोग पुग्नेछ ।

“हाम्रो प्रमुख प्राथमिकता सुरक्षित यातायात हो । स्थानीयवासीको माग अनुसार संवेदनशील ठाउँमा सुरक्षा ऐना जडान गरिएको हो ।” उनले भने “यसले पैदल यात्री र सवारी चालक दुवैलाई सहज हुने विश्वास गरेका छौँ ।”

स्थानियले पनि यस कदमलाई स्वागत गर्दै सुरक्षित आवागमनमा मद्दत पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।

ताजा समाचार