जेनजी आन्दोलनः आफ्नै घर ध्वस्त हुँदा पनि अरुको पीडा बुझ्दै मेयर बोगटी

प्रकाशित मिति:

महेन्द्रनगर । जेन–जी आन्दोलनले आफ्नै घर र पार्टी कार्यालय जलेर खरानी बनाउँदा पनि भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी अरुका जलेका घर र कार्यालयमा पुगेर क्षतिबारे जानकारी लिइरहेका छन् ।

आन्दोलनले व्यक्तिगत रूपमा ठूलो क्षति पु¥याए पनि उनले जनप्रतिनिधिकोे जिम्मेवारी र नेपाल नगरपालिका संघको केन्द्रीय सदस्यको भूमिकालाई प्राथमिकता दिएका छन् । मेयर बोगटीले पुनर्वास, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा पुगेर आगजनी र तोडफोडबाट भएको विनाश प्रत्यक्ष अवलोकन गरेका छन् ।

निरीक्षणपछि उनले तीनै नगरपालिका प्रभावित भएको तर पुनर्वास र कृष्णपुरमा बढी क्षति भएको बताए । भदौ २४ गते विहानैदेखि सुरु भएको आन्दोलनले सरकारी कार्यालयदेखि निजी घरसम्म जलाएको थियो ।

भीमदत्त नगरपालिका प्रत्यक्ष रूपमा ठूलो क्षतिबाट जोगिएको भए पनि आन्दोलनकारीले मेयर बोगटीकै निजी सम्पत्तिलाई निशाना बनाएका थिए । मेयर बोगटीको महेन्द्रनगर बजार गल्ली नम्बर–४ मा रहेको घरमा तोडफोड र उल्टाखामस्थित पुख्र्यौली घरमा भने बस्नै नसक्ने गरी आगजनी गरिएको थियो ।

आफ्नै घर र पार्टी कार्यालय जलेर ध्वस्त हुँदा पनि मेयर बोगटीले व्यक्तिगत पीडा भन्दा जिम्मेवारीलाई अगाडि सारेर हरुलाई सान्त्वना दिइरहेका छन् । आन्दोलनलाई समयको मागका रूपमा लिनुपर्ने भन्दै उनले व्यक्तिगत सम्पत्तिमा आगजनी हुनु दुःखद भएको टिप्पणी गरे ।

आफ्नो घर खरानी बनेको पीडामा समेत मेयर बोगटी अन्य नगरपालिकामा गएर जनप्रतिनिधि, कर्मचारी र पीडित परिवारलाई भेटिरहेका छन् । जलेका घर, कार्यालय र संरचना निरीक्षण गर्दै उनी अरुको पीडा सुन्दै हिँडिरहेका छन् । आफ्नै घर ध्वस्त भए पनि अरुका जलेका घर हेर्दै सान्त्वना बाँड्न पुगेका मेयर बोगटी पीडामा साथ दिने संवेदनशील अनुहार बनेका छन् ।

पैतृक सम्पती आफ्नो जग्गा बेचेर राजनिति गर्दै आएका मेयर बोगटीले मेयर भएपछि मात्रै साढे ४ कट्ठा जग्गा बेचेका छन् । यो बाट समेत उनको छवि प्रष्ट हुने भन्दैँ उनको घरमा आगजनी हुनु दुखद् भएको स्थानियहरुले बताएका छन् । यतिबेला जेनजीको नाममा सरकारी तथा व्यक्तिगत सम्पतीमा आगजनी तोडफोड गर्नेहरुलाई कारर्वाही गरिनुपर्ने माग समेत उठिरहेको छ ।

ताजा समाचार