रिलायबल नेपाल लाईफद्वारा प्राणघातक रोग बाफत ५ लाख भुक्तानी

प्रकाशित मिति:

महेन्द्रनगर । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड, महेन्द्रनगर शाखाले प्राणघातक रोग बाफतको बीमा सुविधा अन्तर्गत ग्राहक प्रेम सिंह पुजारालाई ५ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
पुजराले रिलायबल नेपाल लाईफ इन्स्योरेन्समा १० लाख रुपैयाँ बराबरको जीवन बीमा गराएका थिए । बीमा सम्झौताअनुसार प्राणघातक रोगसम्बन्धी सुविधा समेत समावेश रहेकाले सोही सुविधा अन्तर्गत उनलाई ५ लाख रुपैयाँ बराबरको रकम उपलब्ध गराइएको हो ।

नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड, महेन्द्रनगर शाखाका म्यानेजर राजेन्द्र भट्टका अनुसार बीमित पुजारालाई ब्रेन हेम्ब्रेज (Brain Hemorrhage) भएको पुष्टि भएपछि बीमा पोलिसीअनुसार दाबी प्रक्रिया पूरा गरी समयमै रकम भुक्तानी गरिएको हो ।

बीमा कम्पनीले समयमै दाबी भुक्तानी गरेर ग्राहकप्रतिको विश्वासलाई अझ सुदृढ बनाएको ग्रहाक पुजराले बताए । जीवन बीमाले आकस्मिक तथा गम्भीर रोगका अवस्थामा आर्थिक सुरक्षाको महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आम नागरिकलाई जीवन बीमाप्रति सचेत हुन म्यानेजर भट्टले आग्रह गरे ।

ताजा समाचार