हरि बोहराः पहिलो चुनाव, पक्का अनुभव र निष्कलंक छवि

प्रकाशित मिति:

महेन्द्रनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । उम्मेद्धवारहरु आ–आफ्ना एजेण्डा प्रतिवद्धता सहित मतदाता रिजाउन सक्रिय छन् ।

गाउँबस्तीमा मतदाताहरुले समेत उम्मेद्धवारबारे अध्ययन तथा उनिहरुका एजेण्डा बारे चर्चा गरिरहेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा विभिन्न दल र स्वतन्त्र गरी जम्मा १७ जना उम्मेद्धवार चुनावी मैदानमा उत्रिएका छन् ।

oplus_2

ती १७ जना उम्मेद्धवारमध्ये एक चर्चित नाम हो हरिप्रसाद बोहरा । संघीय संसद्का लागि उनी पहिलो पटक प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका छन् ।

तर उनको राजनीतिक यात्रा भने नयाँ होइन । दशकौं लामो संगठनात्मक अनुभव, आन्दोलनमा सहभागिता र जिल्ला नेतृत्वको जिम्मेवारीले उनलाई अनुभवी राजनीतिक पात्रका रूपमा स्थापित गरिसकेको छ ।

oplus_0

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेका बोहरा २०३६ सालको आन्दोलनदेखि २०४६ सालको जनआन्दोलनसम्म प्रत्यक्ष संलग्न रहे । लोकतान्त्रिक अभ्यास र पार्टी संगठनलाई मजबुत बनाउन निरन्तर सक्रिय रहेका बोहरा नेपाली कांग्रेसमा क्रियाशील सदस्यका रूपमा आबद्ध हुँदै उनले जिल्ला तहमा विभिन्न जिम्मेवारी सम्हाले ।

जिल्ला सदस्य, उपसभापति हुँदै २०७२ सालमा नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएपछि उनको नेतृत्व क्षमताले थप पहिचान पायो ।

जिल्ला सभापतिका रूपमा उनले संगठन विस्तार, कार्यकर्ता परिचालन र आन्तरिक एकता कायम गर्न प्राथमिकता दिए । स्थानीय तहदेखि केन्द्रसम्म पार्टी संरचनामा सक्रिय रहँदै आएका उनले हालसम्म कुनै सार्वजनिक पदको लाभ भने लिएका छैनन् ।

यही कारणले उनको राजनीतिक छवि निष्कलंक र स्वच्छ मानिन्छ । पद प्राप्तिभन्दा संगठन र सेवा भावलाई अघि राखेको धारणा उनका समर्थकहरू व्यक्त गर्छन् ।

oplus_2

केही समय निजी क्षेत्रमा सक्रिय रहे पनि उनले पछि पूर्णकालीन रूपमा राजनीतिलाई नै आफ्नो कर्मक्षेत्र बनाए । गाउँ–टोलसम्म पुगेर कार्यकर्तासँग संवाद गर्ने र स्थानीय मुद्दा बुझ्ने उनको शैलीले बलियो आधार निर्माण भएको बताइन्छ ।

लामो राजनितिकि यात्रा पश्चात पहिलो पटक सार्वजनिक पदमा बसेर जनताको सेवा गर्ने धोको सहित प्रनितिधि सभा सदस्यको दौडमा रहेका बोहराले स्वच्छ छवि भएको नेताका रुपमा आफ्नो परिचय स्थापित गरेका छन् ।

निवर्तमान गृहमन्त्री लेखक समेत घरदैलो अभियानमा सक्रिय

पहिलो पटक संघीय निर्वाचन लड्दै गर्दा बोहरा आफूलाई ‘नयाँ उम्मेदवार, तर अनुभवी नेतृत्व’ का रूपमा प्रस्तुत गरिरहेका छन् ।

क्षेत्रको भौगोलिक अवस्था, सामाजिक संरचना र राजनीतिक परिवेशबारे राम्रो समझ रहेको दाबी गर्दै उनी मतदातासामु पुगेका छन् । यतिबेला उनि आफ्ना प्रतिवद्धता सहित गाउँबस्तीमा मतदातासंग भेटघाटमा व्यस्त छन् ।

विगतमा यहि क्षेत्रबाट निर्वाचन लड्दै आएका निवर्तमान गृहमन्त्री रमेश लेखक समेत बोहराका लागि मत माग्न घरदैलो अभियानमा सक्रिय रहेका छन् ।

कांग्रेसले वडा–वडामा घरदैलो कार्यक्रम, भेला, प्रचार प्रसारको कार्यलाई तिव्र रुपमा अघि बढाएको छ । नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का सभापती केशव चन्दका अनुसार घरदैलो खभियान तथा प्रचार प्रसारको कार्य तिव्र रुपमा चलिरहेको छ ।

हालसम्म ३० वडामध्ये १६ वडामा उम्मेद्धवार सहितको घरदैलो अभियान सम्पन्न भइसकेको छ ।

ताजा समाचार