महेन्द्रनगर । वि.सं. २०४८ सालमा नेपाली कांग्रेसको “नर्सरी” भनेर चिनिने नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्ष भएर विद्यार्थी आन्दोलन हाँकिसकेका नेता हुन नारायण प्रकास (एनपी) साउँद । २०३५–२०३६ सालमा कञ्चनपुरको महेन्द्रनगर माध्यमीक विद्यालयको नेविसंघ इकाइ सचिवबाट राजनीति सुरु गरेका साउँद २०४१ सालमा केन्द्रीय सदस्य बने र २०४८ सालमा मात्र २६ वर्षको उमेरमा नेविसंघको केन्द्रीय अध्यक्षमा चयन भए ।
विद्यार्थी राजनीतिमा सक्रिय रहेका बेला पटक–पटक जेल–नेल भोगेका नेता साउँद निवर्तमान सभापति शेरबहादुर देउवाको राजनीतिक उदयदेखि नै सुदूरपश्चिममा कांग्रेस बलियो बनाउन सक्रिय थिए । पार्टी विभाजन देखि एकीकरण र पछिल्ला महाधिवेशनहरूमा उनी देउवाको ‘कोर टिम’मा रहेर काम गर्दै आएका छन् । उनको लामो राजनीतिक जीवनमा मन्त्री र सांसदका रूपमा उनले थुप्रै विकासका काम गरेका छन् ।
कञ्चनपुर–२ मा पुल, सिँचाइ, तटबन्ध, सडक र खानेपानीलगायत पूर्वाधार विकास, सिँचाइ, नदी कटान रोकथाम र ग्रामीण आवागमन सहज बनाउने थुप्रै कामहरू उनको पहलमा भएका छन् । विकासका काम मात्र नभई साउदको नेतृत्व संकटको समयमा पनि देखियो । परराष्ट्रमन्त्री हुदाँ आफ्नो ज्यानको प्रवाह नगरी विदेशमा रहेका नेपाली नागरिकको उद्धारमा सक्रिय भूमिका निभाएका उनले राष्ट्रिय स्तरमा जिम्मेवार र नागरिकमुखी नेताको छवि बनाएका छन् ।
यी सबै अनुभव र उपलब्धिका आधारमा, साउद फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट चुनावी दौडमा छन् । संघर्ष, अनुभव र विकासको निरन्तर यात्रासँगै उनी जनताको विश्वासपात्र उम्मेदवारको रूपमा अगाडि आएका छन् ।
संकटमा अघि सर्ने नेतृत्व
सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टाइनको समूह हमासले दक्षिणी इजरायलको किबुत्ज अलुमिममा गरेको हमलामा ‘लर्न एन्ड अर्न’ कार्यक्रममा अध्ययनका लागि पुगेका १० नेपाली विद्यार्थीले ज्यान गुमाए भने केही घाइते भए । यसले नेपाललाई गहिरो शोकमा डुबायो । आक्रमण भइरहँदा इजरायलमा रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्नु नेपाल सरकारको प्राथमिक जिम्मेवारी थियो । घाइतेको उपचार, सुरक्षित उद्धार र मृतकको शव स्वदेश ल्याउने जिम्मेवारी तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदमाथि थियो । मन्त्रिपरिषद् बैठकले प्रभावित र स्वदेश फर्किन चाहने नेपाली नागरिकको उद्धार गर्ने निर्णय ग¥यो ।
आक्रमणको चौथो दिन नेपाल वायु सेवा निगमको विमान चार्टर्ड गरी मन्त्री साउद स्वयं इजरायल प्रस्थान गरे । हवाई आक्रमण र रकेट हमलाहरू जारी रहेकै अवस्थामा २०२३ अक्टोबर १२ को बिहान उनी इजरायल पुगे । सामान्यतया यस्ता उद्धार अभियान दूतावास वा विशेष टोलीमार्फत् सञ्चालन हुन्छन्, तर साउदले प्रत्यक्ष उपस्थित भएर उच्चस्तरीय कूटनीतिक पहल गरे । यसले इजरायल सरकारलाई नेपालको गम्भीरता स्पष्ट गरायो । उनकै समन्वयमा २५४ जना नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काइयो ।

उद्धार गरिएको विमान सोही दिन राति नेपाल अवतरण ग¥यो । मन्त्री साउद पनि उद्धार गरिएका नागरिकसँगै फर्किए र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई स्वागत गरे । आक्रमणको पाँच–छ दिनभित्रै ठूलो संख्यामा नेपालीलाई सुरक्षित ल्याउन सकिनु ठूलो उपलब्धि मानियो । संकटको समयमा देखाएको सक्रियताका कारण साउदलाई ‘नागरिकमुखी मन्त्री’को रूपमा प्रशंसा गरियो । तत्कालीन प्रतिपक्षी नेता केपी शर्मा ओलीले समेत सार्वजनिक रूपमा धन्यवाद व्यक्त गरे । इजरायल संकटबीच गरिएको यो उद्धार अभियान मानवीय संवेदना, कूटनीतिक पहल र राज्यको जिम्मेवारीबोधको शक्तिशाली उदाहरणका रूपमा स्मरणीय बन्यो ।
विकासको अग्रणीः पुल, सिँचाइ र सडक
नेता एनपी साउद आगामी प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर–२ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार छन् । २०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएर उनी परराष्ट्रमन्त्री बनेका थिए । यसअघि २०७० मा संविधानसभा सदस्य र २०५६ मा सांसद भइसकेका साउदको छवि विकासवादी नेताको रूपमा स्थापित छ ।
उनको पहलमा कञ्चनपुर–२ मा १५ वटा पक्की पुलहरू निर्माण भएका छन्ः
१. वेदकोटको पथरिया खोला पुल
२. वेदकोटको चौधर खोला पुल
३. दैजी–बेलडाँडीबीचको बलमा नदी पुल
४. वेदकोट–चौधर नदीमा भम्का–बगुन जोड्ने पुल
५. वेदकोटको साजगाड खोला पुल
६. शुक्लाफाँटाको अनोखी खोला पुल
७. शुक्लाफाँटा–४ को सुनवरा नदी पुल
८. शुक्लाफाँटा–११ कलुवापुर–बन्साहा जोड्ने पुल
९. शुक्लाफाँटा–७ टोटी नालामा शान्तिपुर–कालापानी जोड्ने पुल
१०. कृष्णपुर–९ राजघाट–धनगढी जोड्ने पुल
११. कृष्णपुर–९ घलघले खोला पुल
१२. कृष्णपुर–८ बिचवा र वडा ९ पिपरिया जोड्ने पुल
१३. कृष्णपुर–७ कलुवापुर र सिमलकोट जोड्ने पुल
१४. कृष्णपुर–७ कार्की कटान–अत्तरिया जोड्ने मोहना पुल
१५. कृष्णपुर–६ मौरीफाटा देखि बलुवाफाँटा–बन्जिरिया जोड्ने खसिहा खोला पुल
सिँचाइ क्षेत्रमा पनि उनले ठूला काम गरेका छन् । कालापानी सिँचाइ परियोजनाबाट सुडा, स्टेशनपुर, पिताम्बर, सिसैया–कसरौल र बञ्जिरियाका किसान लाभान्वित भएका छन् । मोहना सिँचाइ परियोजनाबाट कृष्णपुरसहित २ हजार १ सय हेक्टर जमिनमा पानी पुग्छ । धारापानी सिँचाइ परियोजनाले दोमिल्ला, श्रीपुर, सुन्दरी फाँटा, पहरिया र निगालीका कृषकलाई सिँचाइको सुविधा दिएको छ । सिँचाइमन्त्री हुँदा उनले महाकाली सिँचाइको तेस्रो चरण सुरु गरेका थिए ।
शुक्लाफाँटा नगरपालिकाको झलारीसम्म मुल नहर विस्तारको काम सम्पन्न भएको छ । तटबन्ध र बाढी नियन्त्रणमा पनि उनको योगदान ठूलो छ । कृष्णपुर–४, ५, ६, ७, ८, ९ का मोहना नदीमा गुरूयोजना अनुसार तटबन्ध निर्माण भएका छन् । मालुबेलाको मछेली नदीमा आठ करोड रुपैयाँमा तटबन्ध, दयापुर शिविर संरक्षणका लागि १६ करोड रुपैयाँको तटबन्ध निर्माण गरिएको छ । शुक्लाफाँटा नगरपालिकाको स्याली, सुनवरालगायतका नदी र खोलाको कटान रोक्न पनि उनले पहल गरेका छन् । साउदले आफ्नो निर्वाचन क्षेत्रमा स्वच्छ खानेपानी, सडक पूर्वाधार र अन्य नागरिक सेवामा पनि ध्यान दिएका छन् ।
हालसम्म शिक्षा राज्यमन्त्री, सिँचाइमन्त्री र परराष्ट्रमन्त्रीका रूपमा उनले निरन्तर विकासमुखी काम गरे र गर्दै आएका छन् । यसरी साउदले आफ्नो क्षेत्रको पुल, सिँचाइ, तटबन्ध, सडक र पानी व्यवस्थापनमा ठूला काम गरेर नागरिकको जीवनस्तर उकास्ने कार्य गरेका छन्, जसले उनलाई कञ्चनपुर–२ मा सशक्त विकासवादी नेता बनाएको छ ।
नेता साउँदका अनुसार आफुले अव्यवस्थित बसोबासी र आरक्ष पीडितको समस्या समाधानलाई समेत पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको थिए । तर, जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले आरक्ष पीडितको समस्या समाधानका लागि राष्ट्रिय सभाबाट ऐन पारित हुन सकेन । यद्यपी अब बाकीँ रहेका काम, अव्यवस्थित बसोबासी र आरक्ष पीडितको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।
प्रचार–प्रसार तिव्र, जनमत बढ्दै
नेता साउद अहिले आफ्नो अनुभव, काम र उपलब्धिलाई आधार मानेर जनता माझ मत मागिरहेका छन् । इजरायल उद्धारदेखि कञ्चनपुरका खोला–नदीमा बनेका पुल, सिँचाइ परियोजना र खानेपानी तथा सडक पूर्वाधारमा गरेको कामले उनलाई स्थानीय जनताको विश्वास जित्न ठूलो मद्दत गरेको छ ।
नेतृत्व, राष्ट्रिय राजनीतिमा प्रभाव र क्षेत्रीय विकासका कामका कारण उनको पक्षमा जनमत दिनप्रतिदिन बलियो हुँदै गएको नेताहरू बताउँछन् । शनिवार कञ्चनपुर–२ मा आयोजित बाइक ¥यालीमा सडकभरि उनका समर्थकको ठूलो जनसागर उत्रिएको थियो । युवादेखि बृद्ध–वृद्धासम्म, महिला–पुरुष सबैको सहभागिताले साउदको लोकप्रियता र जनमतमा बढ्दो विश्वासको स्पष्ट प्रमाण प्रस्तुत गरेको थियो ।




