मुस्ताङ निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका योगेश गौचन थकाली विजयी भएका छन्। उनले ३,३०७ मत प्राप्त गर्दै जित सुनिश्चित गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का इन्द्र धारा डाडु विष्टले १,८०६ मत प्राप्त गरेका छन्। थकालीले विष्टलाई १,५०१ मतान्तरले पछि पारेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकाली भने ७५१ मतका साथ तेस्रो स्थानमा रहेका छन्।


