काठमाडौँ-१ मा एमाले र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारको जमानत जफत

प्रकाशित मिति:

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा काठमाडौँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु न्यौपानेले सानदार जित हासिल गरेकी छिन्। न्यौपानेले १५,४५५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गरेकी हुन्।

यस निर्वाचनमा परम्परागत शक्तिहरूले काठमाडौँ-१ मा नराम्रो हार व्यहोरेका छन्। न्यौपानेसँग पराजित भएका नेपाली काँग्रेसका प्रवल थापा क्षेत्रीले ६,३६४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३,९७२ मत मात्र ल्याउन सकेका छन्।

ठूला दलको जमानत जफत

यस क्षेत्रमा प्रतिस्पर्धामा रहेका नेकपा (एमाले) का उम्मेदवार मोहनराज रेग्मी (१,६१८ मत) र नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार मेनुका भण्डारी (३९५ मत) को जमानत जफत भएको छ।

नेपालको निर्वाचन कानुन अनुसार, कुल सदर मतको कम्तीमा एक-छैटौँ (१६.६७ प्रतिशत) मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी रकम (जमानत) जफत हुने व्यवस्था छ। काठमाडौँ-१ मा प्राप्त कुल मतको तुलनामा एमाले र कम्युनिस्ट पार्टीका उम्मेदवारहरूले आवश्यक न्यूनतम मत प्रतिशत ल्याउन नसकेपछि उनीहरूको जमानत जफत भएको हो।

ताजा समाचार