काठमाडौं-६ मा रास्वपाका शिशिर खनाल विजयी

प्रकाशित मिति:

काठमाडौं, फागुन २२, २०८२ — काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।

अन्तिम मत परिणामअनुसार खनालले २७,७१६ मत ल्याएर विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६,६४७ मत पाए। त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार अमन कुमार मास्केले ४,३७३ मत पाएर तेस्रो स्थानमा रहे।

यो जितसँगै शिशिर खनाल दोस्रो पटक काठमाडौं-६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचित भएपछि प्रतिक्रिया दिँदै खनालले सरकार बनेको १०० दिनभित्रै ठोस काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन्।

प्रमुख उम्मेदवारहरूको मत विवरण:

उम्मेदवारपार्टीकुल मत
शिशिर खनालराष्ट्रिय स्वतन्त्र पार्टी२७,७१६
कृष्ण बानियाँ क्षेत्रीनेपाली कांग्रेस६,६४७
अमन कुमार मास्केनेकपा (एमाले)४,३७३
उद्धव राज भट्टवालराष्ट्रिय प्रजातन्त्र पार्टी१,३२१
हेम लाल शर्मानेपाली कम्युनिस्ट पार्टी१,२६०
इन्द्र कुमारी बज्राचार्यनेपाल मजदुर किसान पार्टी२३०

ताजा समाचार