मेयर बोगटीको नाममा फेक फेसबुक अकाउन्ट : फ्रेन्ड रिक्वेस्ट स्वीकार नगर्न आह्वान

प्रकाशित मिति:

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीको नाम, फोटो र परिचय प्रयोग गरी केही व्यक्तिहरूले नक्कली (फेक) फेसबुक अकाउन्ट खोलेर विभिन्न व्यक्तिहरूलाई फ्रेन्ड रिक्वेस्ट पठाइरहेको जानकारी प्राप्त भएको छ ।

यस विषयमा नगरप्रमुखले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै त्यस्ता नक्कली अकाउन्टबाट आउने फ्रेन्ड रिक्वेस्ट स्वीकार नगर्न आह्वान गरेका छन् ।

सामाजिक सञ्जालमा गलत सूचना फैलाउने र व्यक्तिको परिचय दुरुपयोग गर्ने प्रयास भइरहेको भन्दै नगरप्रमुख बोगटीले सबैलाई सतर्क रहन आग्रह गरेका हुन् ।

यस्ता फेक अकाउन्ट देखिएमा तत्काल रिपोर्ट गर्न तथा आफ्नो व्यक्तिगत विवरण साझेदारी नगर्न समेत उनले अनुरोध गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोग गर्दा आधिकारिक स्रोतबाट मात्र जानकारी लिन र नक्कली अकाउन्टप्रति सजग रहन नगरप्रमुख बोगटीले आग्रह गरेका छन् ।

ताजा समाचार