भीमदत्त नगरपालिकाको जमिन खाली गराउने अभियानप्रति सुधा झाको दुखेसो


कञ्चनपुर, असार १४
तत्तकालिन नगर विकास समितिबाट अवैध रुपमा लिजमा लिएका जमिन खाली गराउने भीमदत्त नगरपालिकाको अभियानप्रति एक परिवारले दुखेसो पोखेको छ ।


०७० सालमा नगरविकास समितिबाट २० बर्षका लागि भाडामा जमिन लिएका सुधा झा परिवारले आफुहरुको विचल्ली पार्नेदेखि अदालतको अपमान हुने गरेर आफ्नो घरमा डोजर लगाएको पोखेका छन ।
शुत्रलबार भीनपा ४महेन्द्रनगर बसपार्क क्षेत्रमै पत्रकार सम्मेलन गरेर भीमदत्त पालिका सरकारले उच्च अदालतको आदेश र अमानविय रुपमा बर्षातका बेला घर भत्काएको बताएका छन । सुधा झाले आफ्नो परिवारलाई नै टार्गेट गरेर पालिकाले पटक पटक डोजर ल्याएर भत्काएको र अरुलाई केही नगरेको दुखेसो पोखिन् । ‘०७०सालमा लिजमा लिएको जमिनमा घर बनाउँदा, विद्युत, खानेपानी जडान गर्दा सिफारिस गर्ने पालिकाले अहिले आएर अवैध भन्दै अमानिवय रुपमा घरमा तोडफोडदेखि अदालतको आदेश बिरुद्धमा अपमान हुने गरेर घर भत्काईदियो, ‘उनले भनिन, ‘यतिसम्म हामीमाथि अन्याय भयो ।’ बसोबास भएको घर भत्काईदिएपछि आफुहरुको विचल्ली भएको झा परिवारको दुखेसो छ । ‘पहिलेदेखि हामी यता भाडामा बस्दै आएका थिए, अहिलेपनि केही व्यवसाय गरेर गुजारा चलाईरहेका थिए, ‘झाले भनिन, ‘अहिले आएर मेरो घर भत्काईदियो, बालबालिकादेखि जेष्ठ नागरिक यो विपद्का बेला संकटमा गरेका छन ।’ पालिकाले मानविय सम्वेदनशिलता समेत नबुझेर नागरिकको उठिबासी लगाउने काम गरेको झाको रोदन छ । नगरविकास समितिकै रेर्कडमा ५३१०कित्ता नम्बर भएकाले उनले उतिकै नबसेको र सम्झौता अनुरुप नै बसेको बताईन । भीमदत्त नगरपालिकाले सर्वोच्चबाट रिट खारेजीदेखि उक्त झा घर भएको ५३१०कित्ता नभेटाएपछि घर भत्काएको जनाएको छ ।

ताजा समाचार