भीमदत्त नगरपालिकाले ५७५ जना जेष्ठ नागरिकहरुलाई छाता र टर्च दिएर ग¥यो सम्मान

महेन्द्रनगर । कञ्चपुरको भीमदत्त नगरपालिकाले जेष्ठ नागरिकहरुलाई छाता र टर्च लाईट वितरण गरि सम्मान गरेको छ । नगरपालिकाले ८६ वर्ष उमेर भन्दा माथीका ५७५ जना जेष्ठ नागरिकहरुलाई छाता र टर्च वितरण गरि सम्मान गरेको नगरप्रमुख पदम बोगटीले बताए ।

‘वर्षातको समयमा विषालु सर्प, किरा पट्याङग्रा र अध्यारोमा लड्ने, चिप्लने लगाएतको जोखिम रहने भएकोले नगरपालिकामा रहनुभएका ८६ वर्षभन्दा माथी उमेरका जेष्ठ नागरिकहरुलाई छाता र टर्च लाईट वितरण गरिएको हो ।’ उनले भने ‘नगरपालिकाले १९ वटै वडा कार्यालयमा जेष्ठ नागरिकहरुको संख्या अनुसार छाता र टर्च लाईट पठाई सकेको छ । केही वडामा वितरण गरिसकिएको र बाकीँ रहेका वडामा छिट्टै वितरण हुन्छ ।’

वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १० मा क्रमश २०, ३६, ३०, २१, २०, ३४, ४०, ४३, ३६, ६७ जना जेष्ठ नागरिकहरुलाई छाता र टर्च लाईट वितरण गरिएको छ ।

यस्तै वडा नम्बर ११, १२, १३, १४, १५, १६, १७, १८ र १९ मा क्रमश २१, १९, १६, २०, २५, १६, २०, ६७, २४ जना गरि ५७५ जना जेष्ठ नागरिकहरुलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ । छाता र टर्च पाएपछि जेष्ठ नागरिकहरुले खुशी व्यक्त गर्दै बुढेसकालको साहारा(छाता र टर्च) प्रदान गरेको नगरपालिकालाई धन्यवाद व्यक्त गरे ।

ताजा समाचार