इन्टरनेशनल पब्लिक स्कुललाई सम्मान

महेन्द्रनगर । कञ्चनपुरको इन्टरनेशनल पब्लिक स्कुललाई सम्मान गरिएको छ । कञ्चनपुर उद्योग वाण्ज्यि संघले शिक्षा क्षेत्रमा पु¥याएको अतुलनिय योगदानको कदर गर्दै इन्टरनेशनल पब्लिक स्कुललाई सम्मान गरेको हो ।

बुधवार संघको ३३ औँ वार्षिक साधारण सभामा विद्यालयलाई सम्मान गरिएका थियो । सम्मान प्राप्त गरेपछि विद्यालयले आगामी दिनहरुमा यस क्षेत्रको शैक्षिक विकासका लागि थप सक्रिय रहने जनाएको छ ।

इन्टरनेशनल स्कुलले गुणस्तरीय शिक्षा संगै विभिन्न अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरुलाई सहभागी गराउने गरेको छ ।

ताजा समाचार