महेन्द्रनगर । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा निराजन थापा चयन भएका छन् ।
शनिवार नेपाली कांग्रेस कञ्चनपुरका सभापती पदम बोगटीको प्रमुख आथित्यतामा सम्पन्न संघको प्रथम अधिवेशनबाट अध्यक्षमा थापा निर्विरोध निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा नविन भट्ट, सचिवमा पुष्करराज जोशी, कोषाध्यक्षमा गणेश खत्री चयन भएका छन् ।
यस्तै सदस्यमा श्रीकृष्ण भट्ट, कृष्णदत्त भट्ट, हरि पाण्डेय र गणेश कार्की चयन भएका छन् ।
यातायात व्यवसायीहरुको हक, अधिकार, संरक्षण लगाएतका लागि आफु काम गर्ने अध्यक्ष थापाले बताए । थापा समाजिक कार्यमा समेत सक्रिय रहदैँ आएका छन् ।