महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकीटोल स्थित मर्निङ ग्लोरी माध्यमीक विद्यालयको १९ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
शुक्रबार मर्निङ ग्लोरी माध्यमीक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव बहादुर चन्दको अध्यक्षता एवम् भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीको प्रमुख आथित्यतामा विद्यालयको १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । संस्थागत विद्यालयहरुले देशको शैक्षिक क्षेत्र तथा विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नगर प्रमुख बोगटीले बताए ।
यस्तै उनले अहिले सीपमुलक शिक्षाको आवश्यकता रहेको कुरालाई मध्यनजर गर्दै भीमदत्त नगरपालिकाले यहाँका विद्यालयहरुमा ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम लागु गरेको बताए । ‘पछिल्लो समय हाम्रा नानीबाबुहरु साथीसंगत, समाजिक संञ्जालको दुरुपयोग लगाएतका कारण विभिन्न गैरकानुनी कार्यमा फस्दै गएका छन् ।’ उनले भने ‘अधिकांश अहिलेको पुस्तालाई हाम्रो संस्कार, हाम्रा कला संस्कृति, ज्ञान सीपको अभाव देखिन्छ ।’
उनले अगाडी भने ‘सोही कुरालाई मध्यनजर गर्दै हामीले अहिले विद्यार्थीहरुमा निहित क्षमता, प्रतिभाहरुको पहिचान तथा उनिहरुलाई हाम्रा कला संस्कृति, संस्कार, समाज चिनाउने उद्देश्यले साताको प्रत्यक शुक्रवार विद्यालयहरुमा ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम ल्याएका छौँ ।’
यस्तै उनले विद्यालयलाई आवश्यक सहयोग गर्न पछि नपर्ने प्रतिवद्धता व्यक्त गरे । वार्षिकोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण लगाएतका क्रियाकलाप गरिएका थिए ।