सुदुरपश्चिम प्रदेश अन्तरगत कञ्चनपुर जिल्लाको नेपाल भारत सिमानाको दक्षिण पश्चिम कुनामा महाकाली नदीको किनारमै अवस्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकनका लागि भु स्वर्ग मान्निछ।
वसन्त क्रृतको आगमनलाई पर्खिरहेको करिब ५५ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको मुलुककै ठुलो घाँसे मैदानमा फागुन चैतको पारिलो घाम तापिरहेका ब्राहसिँगेको झुण्डले प्रकृतिप्रेमीको ध्यान आकृष्ट नर्गेने त कुरै भएन ।
घाँसे मैदानको चारैतिर पलाँसका रुखहरु पहेलपुर हुने अवस्थामा रहेका बेला ब्राहसिँगे, जरायो चित्तल लगुना जस्ता जनावरको दौडधुपले तपाईलाई पनि क्यामेरा होस या मोबाईल बोकी बोकी तेतै तिर कुदन प्रेरित गर्नेछ ।
सुदुरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय गन्तव्यका रुपमा रहेको यस निकुञ्जको गर्विलो ईतिहास फर्केर हेर्दा वि.स २०२६ सालमा तत्कालिन राजा महेन्द्र देखि राजा विरेन्द्रद्धारा वर्षको एकचोटि घुम्नै पर्नेगन्तव्य स्थलमा स्थापित भई शिकार आरक्षको रुपमा स्थापना भएको थियो।
सरंक्षणको क्रममा वि.स २०३२ सालमा १५५ वर्ग कि.मी क्षेत्रलाई समटदै शुक्लाफाटा वन्यजन्त आरक्ष हुदै करिब ४ दशकपछि वि.स २०७३ साल फागुन ९ गते ३०५ वर्ग कि.मी सहित शुक्लाफाटा राष्ट्रिय निकुञ्जका रुपमा स्तरोन्नती गर्दे घोषणा भएको पाईन्छ।
समुद्री सतहदेखि १७४ मिटर देखि १३८६ मिटरको उचाईमा फैलिएको निकुञ्ज विश्वकै सबैभन्दा ठुलो बथानका रुपमा पाईने ब्राहसिँगासँगै देशमा सबैभन्दा बढी बाघको घनत्व रहेको सरक्षित क्षेत्रका रुपमा पनि चिनिएको छ।
नेपालको तराईका संरक्षित क्षेत्रहरुमध्ये सबैभन्दा बढी वनस्पति प्रजाति पाईने क्षेत्र र क्षेत्रफलका हिसाबले सानो भएतापनि दुर्लभ वन्यजन्तु, चराचुरुँगी पाईने यस निकुञ्जमा खरमयुर, कृष्णसारको पुर्नस्थापना सँगै जगँली हाती, पाटे बाघ, चितुवा, घोडगधा, ब्राहसिँगा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर प्रमुख वन्यजन्तुका रुपमा रहेका छन भने निकुञ्जको अधिकतम भाग सालले ढाकेकोसँगै बाँकी भाग सिसौ, खयरको जगँल र घाँसे मैदान रहेको छ।
विश्वमै दुर्लभ मानिएका सारस, खरमयुर, सिम तित्रा, राज धनेस, लेसर भुडीफोर जस्ता लोभ लाग्दा पशुपन्क्षीको दृश्यावलोकन गर्न पाईने यस निकुञ्जमा स्तनधारी प्रजाति ५३ भन्दा बढी, १२ प्रजातिका घस्रने जन्तु सँगै २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, ४२४ भन्दा बढी प्रजातिका चराचुरुँगी पाईन्छन।
जैविक विविधताका क्षेत्रमा उल्ल्ेखनीय योगदान पु¥याउने यस निकुञ्जमा ११८ परिवारका ६६५ प्रजातिका वनस्पति सँगै ५२ प्रतिशत साल वन, मिश्रीत वन २ प्रतिशत, ६ प्रतिशत तटीय वन, १० प्रतिशत सिमसार क्षेत्र छ भने एसियाकै ठुलो घाँसे मैदान ३० प्रतिशतका रुपमा ५५ वर्ग किलोमिटरमा फैलिएको छ।
निकुञ्जसँगै जोडिएको क्षेत्रमा राना थारु समुदायले मिलेर राना थारु होमस्टे सञ्चालन सँगै शुक्लाफाँटा रिर्सोटले पाकृतिक सौन्र्दयमा थप सास्कृतिक र भौतिक रगँरोगन भर्ने काम गरेको छ ।
निकुञ्जदेखि करिब ६ किलोमिटर मात्रै टाढा रहेको एशियाकै लामो दोधारा चाँदनी झोलुँगे पुलले महाकाली नदी पारिका समुदायलाई जोडनुका साथै पर्यटकीय पारखीका लागि सुनमा सुगन्ध थपिएको आभास हुनेछ।
सकँटापन्न दुर्लभ वन्यजन्तु तथा प्रजातिको सरक्षंणमा उच्च प्राथमिकता दिदै आएको निकुञ्जमा वर्षेनी वन वातावरण तथा वन्यजन्तु सरँक्षण तथा पर्यटन प्रर्वद्धनमा प्रत्यक्ष रुपमा चाँसो राख्ने विश्वविधालय स्तरका विधार्थी तथा अनुसन्धानकर्ताहरुको अन्वेषण बन्दै गएको छ।
पर्यटकीय दृष्टिकोणले यस सुन्दर सुदुरपश्चिमको चिरपरिचित नाम शानदार शुक्लाफाटा राष्ट्रिय निकुञ्जको चौतर्फी विकासका लागि निकुञ्जसँगै जोडिएका स्थानिय सरकार भीमदत्त नगरपालिका लगायतका अन्य पालिकाहरुले सघीय सरकार, नेपाल पर्यटन बोर्ड र प्रदेश सरकारलाई झकझकाउदै पर्यापर्यटनका लागि कम्मर कसेर लागि परेका छन ।
जसको ज्वलन्त उदारहण निकुञ्ज नजिकै रहेको मझगाउ विमानस्थलको शीघ्र सञ्चालन पक्रिया अगाडि बढनुका साथै निकुञ्जसम्म जोडने सडक सञ्जालको स्तरोउन्नती पक्रिया आखै अगाडि देख्न सकिन्छ ।
शुक्लाफाटा राष्ट्रिय निकुञ्जको जैविक विविधता सरक्षण सँगै पर्यापयटनको दिगो विकासका लागि स्थानिय सरकार, निकुञ्ज कार्यालय, पर्यटन व्यव्यसायी सँगै सो सँग सरोकार राख्ने सरोकारवाला निकायहरुको एकीकृत विकासको अवधारणा लाई अवल्मवन गर्दे व्यापक प्रचारप्रसार र जनसहभागितामा जोड दिन सके शानदार शुक्लाफाटाले सुन्दर सुदुरपश्चिमको मुहारलाई अवश्य चम्काउनेछ ।