महेन्द्रनगर । जिल्ला खेलकुद समिति कञ्चनपुरको अध्यक्षमा ज्ञानेन्द्र बहादुर सिंह मनोनित भएका छन् ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् ले बुधबार उनलाई आगामी ४ वर्षका लागि अध्यक्ष पदमा जिम्मेवारी प्रदान गरेको हो ।
लामो समयदेखि खेलकुद गतिविधिमा सक्रिय रहँदै आएका सिंहको नेतृत्वमा जिल्लामा खेल पूर्वाधार विकास, प्रतिभा पहिचान तथा खेलाडी उत्पादनमा उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ ।
स्थानीय खेलकुदकर्मीहरूले सिंहको नियुक्तिलाई सकारात्मक रूपमा लिँदै जिल्लामा खेलकुदको समग्र विकास हुने अपेक्षा व्यक्त गरेका छन् ।
अध्यक्षमा मनोनित भएपछि सिंहले कञ्चनपुरलाई प्रदेशकै उत्कृष्ट खेलकुद केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले सबै सरोकारवालासँग सहकार्य गर्दै खेलकुदलाई अनुशासित, प्रतिस्पर्धात्मक र परिणाममुखी बनाउने लक्ष्य रहेको समेत बताए ।



