कैलालीको लम्कीचुहामा मेयरले पत्रकारलाई बन्धक बनाएको आरोप

प्रकाशित मिति:

महेन्द्रनगर । कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयरले पत्रकारलाई बन्धक बनाएको आरोप लागेको छ। कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले पत्रकार खेम ढुङ्गानालाई रिपोर्टिङको क्रममा बन्धक बनाई भिडियो फुटेज डिलिट गराएको आरोप लागेको हो। कैलालीमा न्युज २४ मा कार्यरत पत्रकार ढुङ्गाना आइतबार रिपोर्टिङको क्रममा लम्कीचुहा पुगेका थिए।

मेयर शाहीले आफ्नो निजी निवास निर्माण गर्न नगरपालिकाका सवारी साधन प्रयोग गरिरहेको सम्बन्धी रिपोर्टिङ गर्न थालेपछि आफूलाई केही घण्टा नियन्त्रणमा लिएको पत्रकार ढुङ्गानाले बताए।नगर प्रमुख शाहीले आफूलाई नजिकैको होटेलमा लगेर मोबाइल र आफूलाई नियन्त्रणमा दिएको र खिचेका भिडिओ डिलिट गर्न लगाएको आरोप ढुङ्गानाले लगाएका छन्।

‘दिउँसो ३ बजे तिर रिपोर्टिङमा गएको थिए, केही भिडियो खिचिसकेपछि नगरप्रमुखको फोन आएपछि भेट्न बोलाइन्, त्यसपछि होटेलमा बसेर सबै फोटो र भिडियो डिलिट गर्न लगाइन्, उनले भने ।,’

पैसाको डिल पनि गर्नु भयो र त्यहाँबाट निस्कीनलाई हुन्छ भन्दै त्यहाँबाट निस्किएको उनको भनाई । यो घट्नालाई पत्रकार महासङ्घले गम्भीर रूपमा लिन उनले आग्रह गरेका छन् । यता, मेयर शाहीसँग सम्पर्क गर्न खोज्दा उनको मोवााइल स्वीच अफ रहेको छ।

यसैबिच ढुङ्गानालाई समाचार संकलन गरिरहेका बेला मेयर शाहीले गरेको व्यवहारप्रति बिभिन्न पत्रकारका संगठनहरुले बिरोध जनाएका छन्। नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले घट्ना ढिला गरी खबर भएको बताए । यो घट्ना पछि अहिले छलफल भइरहेको समेत उनले बताए। रिपोर्टिङको क्रममा यसरी पत्रकारलाई फोटो भिडियो नै डिलिट गर्न लगाउनु र धम्क्याउनु सरासर गलत भएको जोशीले बताए । दोषी प्रमाणित भए जो कसैलाई पनि गल्ती गरे अनुसारको सजाय मिल्ने उनले बताएका छन् । यस्तै प्रेस चौतारी कैलालीले पनी विरोध जनाएको छ। सचिव जनक बिष्टले एक बिज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरि दोषीमाथि कारबाहीको माग गरेका छन्।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार