सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

महेन्द्रनगर । सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार राति ८ बजे हरिपुर नगरपालिका ८ जगतपुरमा गाडीको ठक्करबाट साइकल यात्री वडा नं। २ बस्ने चन्देश्वर चौधरीको मृत्यु भएको छ ।

नवलपुर मंलगवा सडकखण्डमा मंलगवाबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश २(०३(००१ च २३९६ नम्बरको गाडीले साकइकल यात्री चौधरीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

उनलाई मलंगवा प्रादेशिक उपचार सम्भव नभएपछि थप उपचारको लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरीले जानकारी दिए ।

प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि मलंगवा अस्पताल सर्लाहीमा राखिएको छ । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यस्तै शुक्रबार राति सवा १० बजे सर्लाहीको ईश्वरपुर नगरपालिका १२ पूर्व(पश्चिम लोकमार्गमा मोटरसाइकल अयिन्त्रित भएर दुर्घटना हुँदा धनुषाको धनुषाधाम नगरपालिका(३ बस्ने वर्ष ३० का रोशन यादको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ उनले आफैं चलाएर आउँदै गरेको ना१ब २५५६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।

उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यादव सर्लाहीको लालबन्दी नगरपालिकाको सब(इन्जिनियर पदमा कार्यरत रहेका थिए ।

ताजा समाचार