भीमदत्त नगरपालिकाले यी ४ खोलाको रोयल्टी ठेक्का खोल्यो

प्रकाशित मिति:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ४ वटा खोलाको रोयल्टी ठेक्का खोलेको छ । नगरक्षेत्र अन्तर्गतका रौटेला खोला, गौताडी खोला, खन्या खोला र भिमारीगाड खोलाको प्राकृतिक श्रोत नदिजन्य पदार्थ(ढुङगा, गिट्टी, बालुवा तथा ग्राभेला आदी)को विक्रि शुल्क संकलन (रोयल्टी) ठेक्का खोलेको नगरपालिकाले जनाएको छ ।

भीमदत्त नगरपालिकाका इन्जिनियर दिपेन्द्र जोशीका अनुसार रौटेला, गौताडी, खन्या र भिमरीगाड खोलाको रोयल्टी ठेक्का लगाउन मंगलवार १५ दिने सूचना आह्वान गरिएको बताए । केही दिनपछि महाकाली नदिको रोल्यटी ठेक्का समेत खाल्ने गरी काम भइरहेको उनले बताए ।

ताजा समाचार