दार्चुला/ सन्जु महर। पुस १३: दार्चुलाको मालिकार्जुन वडा नं ७ धरमपानी लगायत विभिन्न क्षेत्रहरुमा सञ्चारको आभाव बढ्दै गएको छ।
मालिकार्जुन गाउँपालिका वडा नं ७ को पासादेउमा रहेको नेपाल टेलिकमको टावरमा तिन दिन देखि समस्या देखिएको हो ।
नेटवर्क पुर्ण रुपले बन्द भएको र त्यहाँका व्यक्ति हरुले घरमा फोन पनि गर्न नपाएर सञ्चारमा समस्या भएको भन्दै उक्त ठाउँका स्थानीय नरेश चन्दले बताएका छन्।
उनका अनुसार “यो टेलिकम सुचारूमा चरम लापरवाही छ किन भने यसमा भोल्टेज नपुगेर बेट्री चार्ज भई रहेको थिएन जेठ महिनामा हामिले अर्को पट्टिको लाईन तानेर आफैले काठका पोलहरु गाडेर तार लिएर बिधुतको ब्यबस्था गरेका थियौ । टेलिकमले त्यति बेला बिधुतको टेन्डर गरेर छुटै लाईन दिएर ट्रान्सफर्म राख्छु तब मात्र नियमित चल्छ समेत भनेको थियो तर यतिका महिना बितिसक्दा पनि काठका पोल कुहिने अवस्थामा पुगेका छन् ,तर पनि बिधुत लाईन बिस्तार हुन सकेको छैन नत यसप्रति वडा,पालिकाको ध्यान नै छ । यो नेटवर्कले वडा नं ७,४,५ र ८ का जन्तालाई सेवा दिदै थियो तर पछिल्लो केहि दिन यता यसमा समस्या देखिएकाले यहाका बासिन्दा पुर्ण रुपले संचार सेवाबाट बन्चित बनेका छन् । उक्त टावरमा मेरो लगायत केहि व्यति हरूको तिन दिन सम्म श्रमदान छ आफ्नै खर्च बाट बिधुतिय लाईन तानेका हौ हाल टावर पूर्ण रूपमा बन्द भएको र सम्बन्धित वडा र पालिकाको पनि ध्यान आकर्षण नभएको बताएका छन्।”
उक्त टावरको स्थापना गत साल भएको हो र टावर को स्थापनामा मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र धामि र केन्द्रीय सासंद गणेश ठगुन्नाको भूमिका रहेको थियो ।
टावर बन्द भएको कारण सञ्चार गर्न निकै कठिनाइ भएको र आवश्यक परेको बेला फोन गर्न पनि नसकिने स्थानीय बासिन्दाहरूले गुनासोसमेत पोखेका छन्।


