डिप बोरिङको काम समयमा जडान नहुँदा ३ सय बिघा जमीन सिंचाई विहिन

कञ्चनपुर/पुस१५। कञ्चनपुरको शुक्लाफाँट नगरपालिका वडा नं ५ को विभिन्न क्षेत्रमा डिप बोरिङ जोड्ने काम समयमा नहुँदा ३ सय बिघा भन्दा बढी जमीन सिंचाई विहिन रहेको छ ।

शुक्लाफाँट नगरपालिका वडा नं ५ बनसमेती/बैशखा क्षेत्र तिर खेतीयोग्य धान,गहुँ लगाउने जमीनको लागि त्यहाँका किसानहरूले डिप बोरिङको पहल गर्दा गर्दै पनि डिप बोरिङ जडान हुन नसकेपछि सिंचाई विहिन भएर जमीन बाँझै रहेको हो । उक्त क्षेत्रमा नहर सिंचाईको सुविधा नहुँदा वर्षै देखि त्यहाँ सिचाईको अभाव भएकोले डिप बोरिङको आवश्यक परेको थियो तर त्यहाँको जमीनमा डिप बोरिङ जडान नहुँदा खेतीयोग्य जमिन बाँझै रहेको स्थानीय कृषक डम्मर चौधरी बताउँछन् ।

चौधरीले भने,”उक्त क्षेत्रमा बाह्रैमास कृषि उत्पादन गर्नका लागि डिप बोरिङ सञ्चालनमा ल्याउन जरुरी रहेको छ । आफ्नो परिवार उक्त क्षेत्रमा बसोबास गर्न लागेको ३८ वर्ष भइसक्यो । सिंचाईको अभाव हामीले त्यतिबेला देखिनै भोग्दै आएका छौं । आफैले १ लाख जति रुपैयाँ खर्च गरेर केही वर्ष अगाडि एउटा बोरिङ जडान गरे तर उक्त बोरिङमा बढी लगानी खर्च गरेर जडान गर्न नसक्दा पैसाको अभावले बोरिङ बाट पानी नै नआउने समस्या आएको बताए । “

उनले भने,”यहाँका किसानहरू मुख्य समस्या भनेको नै सिंचाईको अभाव हो,यहाँका किसानहरूका लागि जमीन धेरै छ तर सिंचाईको अभावले उक्त जमीन बाट खेती उब्जनी गर्न नसक्दा खाद्यान्न किनेर खाने स्थिति सिर्जना भएको पाईन्छ । यहाँका किसानका खेतमा खेती गर्दा लगानी अनुसार कृषि उब्जनी नहुने हुनाले अधिकांस किसानका विघौं खेतहरु बाँझै रहेको अवस्था देखिएको हो। उक्त ठाउँमा सिंचाई समस्या पहलको लागि स्थानिय सरकार सम्म समस्या पुगाउँदा पनि स्थानिय सरकारले ध्यानकर्षण नगरेको चौधरीले बताएका छन् ।

त्यसै गरी शुक्लाफाँट नगरपालिका वडा नं ५ बनसमेति क्षेत्रमा बसोबास गर्ने कृषक कविता भट्टले आफ्नो खेतमा सिँचाइको सुविधा नहुदाँ खेतीयोग्य जमिन बाँझै राख्न बाध्य भएको बताउँछिन् ।

उनले भनिन् ” जमीन हुँदा हुँदै पनि सिंचाईको अभावले गर्दा धान,गहुँ उब्जनी गर्न नसकेर आफूले खानको लागि अभाव खेप्नु परेको छ । यहाँ सिंचाईको समस्या मलाई मात्र नभई यो क्षेत्रका सबै किसानलाई छ । चुनावका बेला नेताहरुले सिंचाईको समस्यालाई पूर्णरुपमा समाधान गर्छु भनेता पनि उक्त क्षेत्रमा सिंचाईको अभाव उत्तिकै रहेको छ । यहाँका कृषक हामीहरूले स्थानिय सरकारसंग जति नै पहल गर्दा पनि उक्त क्षेत्रमा सिंचाईको सुविधा उपलब्ध नभएको गुनासो व्यक्त गरेकी छन् । हामीले स्थानिय सरकार संग जति नै पहल गर्दा पनि सिंचाईको समस्या समाधान हुन्छ केही समय लाग्छ भन्छन् तर किसानलाई डिप बोरिङ समयमै उपलब्ध गराए उक्त समस्या समाधान हुन्थियो र चाहे जस्तो खेती उब्जनी गरिन्थियो । तर यतिका समय बितिसक्दा पनि सिंचाईको अभावले गर्दा किसानहरू मारमा परेका छन् । आफ्नो जमीनमा लगानी अनुसारको खेती उब्जनी नहुने हुँदा यहाँका किसान त्यतिकै मूसुर ,तोरी, दाल छरेर बाँझो राख्ने गरेको भट्टले बताएकी छिन् ।

उक्त क्षेत्रमा सिंचाईको अभाव भएको भन्दै सिंचाईको अभावलाई मध्यनजर गर्दै वडास्थर बाटै ४ लाख बजेट छुट्याएर वार्षिक ७/८ वटा डिप बोरिङ ५० प्रतिशत छुटमा कृषकहरुलाई दुई तीन महिना भित्र बोरिङ वितरण गर्ने योजना बनाएको उक्त पालिका वडा नं ५ का अध्यक्ष चक्र खड्काले बताएका छन्।

कृषि लाई पहिलो प्राथमिकता भनेता पनि कृषिले प्राथमिकता नपाएको भन्दै उनले भने “आफ्नो वडामा किसानहरुलाई सिंचाईको अभाव भएको छ । जसले गर्दा खेती योग्य जमिनमा सिंचाईको सुविधा नभएर धान, गहुँ लगाउने ६० बिघा भन्दा बढी जमीनमा बनशखा तिर मुसुर,तोरी त्यतिकै फालेर खेत बाँझै राख्ने समस्या देखिएको छ । त्यसैले आफू वडा अध्यक्ष भए पछि वडाको समस्यालाई मध्येनजर गरेर डिप बोरिङको लाई प्रदेश र केन्द्रमा समेत पहल गरेको छु तर कतै बाट आफूलाई साथ सहयोग नमिल्दा वडास्थर बाट नै प्रतेक वर्ष ८/१० वटा बोरिङको लागि बजेट छुट्याएर २/३वर्ष भित्र २०/३० वटा बोरिङ किसानलाई वितरण गर्ने योजना रहेको बताएका छन् ।”

त्यसै गरी निवर्तमान वडा अध्यक्ष कमल गिरीले उक्त क्षेत्रमा किसानको प्रमुख समस्या भनेको नै सिंचाईको अभाव रहेको भन्दै तीन सय बिघा भन्दा बढी त्यहाँ जमीन बाँझै रहेको अवस्था देखिएको बताएका छन् । उनले आफू वडा अध्यक्ष हुँदा खेरि किसानको सिंचाई समस्यालाई समाधान गर्न प्रदेशमा पहल गरेर २५ लाखको सिंचाई योजना सञ्चालन गरेर विभिन्न ठाउँमा १ डिप बोरिङ र अरु थुप्रै साना बोरिङहरु जडान गरेको बताए । उनका अनुसार, उक्त क्षेत्रमा दुई वटा बोरिङ बिग्रेर बनाउन नसकिएकाले बोरिङ जीर्ण अवस्थामा रहेको समेत बताएका छन्।

उक्त क्षेत्रमा सबै ठाउँमा बोरिङ उपलब्ध छैनन् डिप बोरिङको विकल्पमा आर्थिक अवस्था राम्रो भएका किसानले पानी तान्ने मोटरको प्रयोग गरिरहेका छन् भने नसक्ने किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् । सिँचाइ आयोजनाको पानी अभै कृषकका खेतमा पुग्न सकेको छैन । कुनै कुनै ठाउँ निर जडान गरेका बोरिङबाट किसानले पनि लगाउँदा एक हप्तासम्म जमिन सिंचाई गर्न समय लाग्ने र भरपर्दो सिँचाइको सुविधा नहुँदा यहाँका अधिकांश जमीनमा आकासे पानी र डिप बोरिङबाट मात्र खेती गर्न सकिन्छ । सिँचाइको अभावका कारण खेतीयोग्य भूमि पनि बाँझै राख्नुपर्ने अवस्था रहेको किसानहरु बताउँछन् ।

ताजा समाचार